menu bar

Saturday, September 13, 2014

येशूकी आमा मरियमका पति योसेफ कसका छोरा थिए— मत्तीको सुसमाचारअनुसार योसेफ याकूबका छोरा थिए (मत्ती १:१६) भने लूकाको विवरणमुताबिक तिनी एलीका छोरा थिए (लूका ३:२३) ? वास्तवमा योसेफ कसका छोरा थिए ?






मत्ती :१६ ले बताउँछ, “याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन् यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन् येशूको वंशावलीलाई लूकाले यसरी आरम्भ गरेका छन्, “... योसेफ एलीका छोरा थिए” (लूका :२३) तब यी दुई ओटा विवरणलाई दाँजेर हेर्दा यहाँ प्रस्ट अन्तर्विरोध जस्तो देखिन्छ

                मत्ती लूका दुवै जना लेखकले येशूको वंशावलीलाई फरक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् (मत्ती :१६; लूका :२३३८) मत्तीको वंशावलीमा येशू योसेफमार्फत आउनुहुन्छ भने लूकाको वंशावलीमा मरियममार्फत अर्को भाषामा भन्नुपर्दा, मत्तीले येशूको वैध पिता योसेफको वंशावलीलाई जोड दिएका छन् भन् लूकाले येशूकी वास्तविक आमा मरियमको

मत्तीले आफ्नो सुसमाचार यहूदी स्रोताहरूलाई लेखेकाले यहूदी मसीहको पहिचानको सम्बन्धमा तिनी निकै सचेत छन् पुरानो करारको अपेक्षाअनुसार मसीह अब्राहामको सन्तान दाऊदको वंशको हुनुपथ्र्यो (मत्ती :) यसको विपरीत लूकाका स्रोताहरू ग्रिक अर्थात् अन्यजातिहरू थिए जो सिद्ध मानिसको खोजीमा थिए त्यसैले तिनले आफ्नो वंशावलीलाई आदमसम्म तन्काएका छन्

योसेफ पक्कै पनि स्वाभाविक वंशद्वारा याकूब एली दुवैका छोरा हुन सक्दैनन् लूकाको सुसमाचारमा एलीले योसेफलाई जन्माए भन्दैन बर उनी तिनका पिता थिए भन्छ तब स्वाभाविक व्याख्या यो हो कि योसेफ एलीका ज्वाइँ थिए यहूदी परम्पराअनुसार ज्वाइँलाई छोरा भन्न मिल्थ्यो ( शमूएल २४:१६ लाई तुलना गरेर हेर्नुस्) तब यो प्रस्ट कि योसेफ वास्तवमा याकूबका छोरा थिए तिनले एलीकी छोरी मरियमसित बिहे गरेकोले तिनी एलीका पनि छोरा भनिए जुन सम्बोधन यहूदी संस्कृतिमा स्वाभाविक थियो   


Leave Your Comments Here!