येशूको
आज्ञालाई सम्मिलित सुसमाचारहरूका लेखकत्रयले
निम्नानुसार उल्लेख गरेका छन्:
§
“यात्राको
निम्ति ... लौरो नलेओ”
(मत्ती १०:१०)
§
“यात्राको
निम्ति ... एउटा लट्ठी
मात्र बोक्नू” (मर्कूस
६:८) ।
§
“तिमीहरूको
यात्रामा आफ्नो साथमा केही
नलेओ— न लहुरो
...” (लूका ९:३)
।
यी
तिन ओटै खण्डले
येशूले उही समयमा
दिनुभएको आज्ञालाई उल्लेख गर्छन्
। मत्ती र
लूकाको अभिलेखअनुसार येशूले चेलाहरूलाई लौरो
बोक्ने आज्ञा दिनुभयो भने
मर्कूसको सुसमाचारमुताबिक नबोक्ने । यहाँ
प्रस्ट बेमेलता देखिन्छ ।
यी खण्डहरूलाई सरसरती
अवलोकन गर्दा कम से
कम एक जना
सुसमाचारिय लेखकले भुल गरेको
हुनुपर्छ भनी सतही
बाइबल आलोचकहरू हतारमा
निष्कर्ष निकाल्छन् ।
त्यसो
भए वास्तविकता के
हो त ? येशूले
आजभन्दा दुई हजार
वर्षअगि प्यालेस्टाइनको भूमिमा सेवा गर्नुभएको
थियो । त्यस
बेला आजको जस्तो
यातायातको सुविधा थिएन, हवाइजहाज
त धेरै परको
कुरो । प्यालेस्टाइनको
त्यस प्राचीन भूमिमा
येशू चेलाहरूसँगै उकाली
ओराली गर्नुहुन्थ्यो ।
चेलाहरूले येशूलाई पछ्याउँदा साधारणतया
तिनीहरूले आफूसित लौरो राख्थे
भन्ने सत्यतामा यो
प्रश्नको समाधान लुकेको छ
। मर्कूस ६:८ ले
यस्तो भनेको जस्तो
देखिन्छ कि येशूले
तिनीहरूलाई सधैँ साथमा
बोक्ने लौरोचाहिँ बोक्नू भनेर
आदेश दिनुभयो ।
जब कि मत्ती
र लूकाको सुसमाचारले
चेलाहरूले कुनै पनि
हालतमा अतिरिक्त लौरौ लिएर
जानुहुँदैनथ्यो भन्ने येशूको आज्ञालाई
जोड दिएका छन्
।