विश्वचर्चित इतिहासकार जारोस्लाभ पेलिकानले लेखे, “नासरतका येशूको विषयमा कुनै पनि व्यक्तिले व्यक्तिगत रूपमा जे जस्तो सोच राखे तापनि झण्डै बिस शताब्दीसम्म पश्चिमी जगत्को इतिहासमा उहाँ प्रभावशाली पात्र हुनुभएको छ ।” यो व्यक्तिगत राय मात्र नभई ऐतिहासिक तथ्यहरूमा आधारित ख्रीष्टियानहरूको लागि एउटा अत्यन्तै गौरवान्वित कथन हो । मानव–जातिको प्राय: हरेक पाटोमा ख्रीष्टियमतका संस्थापक येशूले औधी प्रभाव पार्नुभएको छ । मानवीय चोलामा येशू आजभन्दा दुई हजार वर्ष अगाडि यस धरतीमा नजन्मनुभएको भए हामीले ठुलो क्षति बेहोर्नुपथ्र्यो । उहाँको आगमनपश्चात् उहाँले सिकाउनुभएका अनमोल शिक्षाहरूको मद्दतले अनुगामी पुस्ताले पृथ्वीको धरातलमा कायापलट ल्याइदियो ।
मान्छे परमेश्वरको स्वरूपमा
सृष्टि गरिएको छ भनी
ख्रीष्टियानहरू स्पष्टत: विश्वास गर्छन्
। यही बाइबलिय
शिक्षाले विश्वव्यापी मानवीय अधिकारहरू
र समताको अवधारणालाई
जन्माएको हो ।
प्राचीन संस्कृतिहरूमा पत्नीलाई
उसको पतिको सम्पत्तिको
रूपमा हेरिन्थ्यो ।
नारी फुक्का पुरुष
र नोकरको बिचतिर
पर्छ भनी दार्शनिक
अरस्तु (३८४–३२२
ख्रीष्टपूर्व) ले सिकाए
। ग्रीससाथै रोमी
संसारमा स्त्रीहरूको सामाजिक मूल्य
मान्यता ज्यादै निम्नस्तरको भएकोले
छोरी जन्मिएको खण्डमा
ऊ मरोस् भन्ने
हेतुले त्यसै छाडिनु सामान्य
अभ्यास थियो ।
तर, मण्डलीले यसो
गर्न आफ्ना सदस्यहरूलाई
निषेध गरेको थियो
। प्राचीन समाजले
एकल महिलाको कुनै
महत्त्व नदेखेकोले विधवाले दुई
वर्षभित्रमा पुनर्विवाह नगर्नु गैरकानुनी
मानिन्थ्यो । तर,
पुनर्विवाह गर्ने वा नगर्ने
यो विधवाको आफ्नो
इच्छाको कुरो हो
भनी सिकाउने ख्रीष्टियमत
पहिलो सूचीमा थियो
। ख्रीष्टियान समुदायमा
विधवाहरूलाई आर्थिक सहयोग गरिन्थ्यो
ताकि पुनर्विवाहको लागि
तिनीहरूमाथि कुनै दबाब
नपरोस् । विवाहेतर
स्त्री र पुरुषको
सँगै बसाइलाई मण्डलीले
विश्वास गर्दैनथ्यो जुन अभ्यासले
स्त्रीहरूलाई सुरक्षा प्रदान गथ्र्यो
। गैरख्रीष्टियान वृत्तमा
अनुमतिप्राप्त विवाहेतर सहवासलाई ख्रीष्टियानहरूले
निषेध गरेको थियो
। नेपालसाथै हाम्रै
छिमेकी मुलुक भारतमा पतिको
मृत्युपश्चात् पत्नीलाई पतिकै चितामा
जिउँदै जलाइने सती प्रथाहरूलाई
हटाउन ख्रीष्टियान मिसनरीहरूको
उल्लेखनीय देन रहेको
छ ।
प्राचीन संसारमा शिशुहत्या
वैधानिक मात्र थिएन, तर
यसको प्रशंसा पनि
गरिन्थ्यो । एउटा
रोमी नागरिकलाई मार्नु
हत्या हुन्थ्यो, तर
उही राष्ट्रमा कसैले
आफ्ना छोराछोरीलाई मार्नुलाई
उचित कार्यको रूपमा
ग्रहण गरिन्थ्यो ।
मानव–जाति परमेश्वरको
प्रतिरूपमा सृष्टि भएको हो
भन्ने ख्रीष्टियान अवधारणाको
कारणले ख्रीष्टियान मण्डलीले अन्ततोगत्वा
यस्तो अभ्यासको निर्मूलन
गर्यो
। आधुनिक गर्भपतन
विरुद्धको अभियान प्राधनत: ख्रीष्टियान
अभियान हो ।
ख्रीष्टियमतको आरम्भबाट नै यो
साँचो ठहर्दै आएको
छ । पहिलो
शताब्दीको उत्तराद्र्ध वा दोस्रो
शताब्दीको पूर्वाद्र्धमा लिखित डिडाके अर्थात्
बार्ह
प्रेरितका शिक्षामा गर्भपतनको विरुद्धमा
भएका निर्देशनहरू अभिलिखित
छन् ।
ख्रीष्टियान इतिहासलाई नियालेर
हेर्दा ख्रीष्टियानहरू आफैले विगतमा बेचबिखनको
लागि दासदासीहरू राख्ने
गरेको भए तापनि
यो बाइबलिय शिक्षा
भने अवश्य होइन
। यो विकृत
बाइबलिय अवधारणा थियो ।
सामाजिक रूपमा उत्पीडित वर्गहरूमध्ये
स्त्री र दासदासीहरूलाई
पूर्ण सदस्यको रूपमा
स्वीकार गरी प्रारम्भिक
मण्डलीले तिनीहरूको भूमिकाको पदोन्नती
गरे । दासदासीहरूले
आराधना र सामाजिक
क्रियाकलापहरूमा समान रूपमा
भाग लिन पाउँथे
। र, तिनीहरूलाई
सम्पत्ति राख्ने अधिकार प्रदान
गरिएको थियो ।
इतिहासकार ग्लेन सनसाइनको भनाइअनुसार
इतिहासमा सर्वप्रथम दासप्रथाको व्यवस्थित
रूपमा विरोध गर्ने
मानिसहरू ख्रीष्टियानहरू नै थिए
। बजारमा बेच्न
राखिएका दासदासीहरूलाई केवल मुक्त
गर्ने उद्देश्यले सुरुका
ख्रीष्टियानहरूले तिनीहरूलाई किन्ने गर्थे
। अधिकतम क्षेत्रमा
दासत्वको अन्त्य हुनुको कारण
ख्रीष्टियान सक्रियतावादीहरूको कदम जिम्मेवार
छ । इतिहासकारहरूलाई
अवगत भएकै कुरो
हो कि अमेरिकी
गृहयुद्धअगि विद्यमान अन्तरराष्ट्रिय दासदासी
व्यापारको अन्त्यको लागि मुख्य
भूमिका निभाउने काममा ब्रिटिस
ख्रीष्टियान विलियम विल्वरफोर्सको प्राथमिक
हात थियो ।
प्राचीन रोममा दर्शकहरूको
मनोरञ्जनको निम्ति योद्धाहरू हातमा
हतियार लिएर लड्ने
गर्थे । यस्तो
खालको अमानवीय हिंसात्मक
कुप्रथालाई हटाउन पाँचौँ शताब्दीका
ख्रीष्टियान सन्यासी टेलेमाकसकले महत्त्वपूर्ण
भूमिका निभाए ।
प्राचीन संसारको कतिपय
समुदायहरूमा मान्छेले मान्छेको मासु
खाने गर्थे ।
अज्ञानताद्वारा जन्मेको यस्तो डरलाग्दो
र घिनलाग्दो मानवीय
अवमूल्यनको उन्मूलनको लागि ख्रीष्टियान
मिसनरीहरूको देनलाई कुनै पनि
हालतमा बिर्सन हुन्न ।
परोपकारी क्षेत्रमा येशू
ख्रीष्ट सर्वोत्कृष्ट अगुवा हुनुहुन्छ ।
उहाँले दया गर्नू
भनेर मात्र सिकाउनुभएन,
तर उहाँ आफै
नै दयाको सर्वोत्तम
नमुना बन्नुभयो ।
उहाँ दयाको खानी
हुनुहुन्थ्यो । परमेश्वरको
स्वरूपमा सृजित मानवीय अनमोलताबारे
उहाँ राम्ररी परिचित
हुनुहुन्थ्यो । तसर्थ,
उहाँको आगमनले परोपकारी हातामा
नयाँ युगको सुत्रपात
गर्यो
। समाजमा उत्पीडित
र आवश्यकतामा परेकाहरूलाई
सहयोग गर्ने जोड
उहाँको सेवा–कार्यको
एउटा महत्त्वपूर्ण पक्ष
थियो । असल
सामरीको दृष्टान्त (लूका १०:३०–३७)
उहाँको उत्कृष्ट उदाहरण थियो
। ख्रीष्टको नाउँभन्दा
बाहिर परोपकारी संस्थाहरू
खुलको भए तापनि
उहाँको नाउँमा खुलेका परोपकारी
संघ–संस्थाहरूको तुलनामा
ती सूर्यको अगाडि
टुकीबत्तीसरह छन् ।
शिक्षाको साम्राज्यमा ख्रीष्टियानहरूले
बालेको ज्योतिले संसारभरि झिलिमिलि
पारेको छ ।
शिक्षाको महत्त्वको जग बसालेर
ती ख्रीष्टियान पिताहरूले
संसारलाई कल्पनातीत योगदान पुर्याएको
छ जसको निम्ति
यो संसार सदा
तिनीहरूप्रति अनुगृहीत हुनुपर्छ ।
उहाँको आगमनबाट आज
दुई हजार वर्ष
बितिसकेको भए तापनि
पुनरुत्थान हुनुभएका प्रभु येशू
ख्रीष्ट मानव–जातिको
मुख्य व्यक्तित्व हुनुहुन्छ
। उहाँको जन्मले
अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई
भागमा विभाजन मात्र
गरेको छैन, तर
विश्वका विकसित, अविकसित, विकासोन्मुख
देशहरू जहाँ–जहाँ
ख्रीष्टियान समुदाय छन्, त्यहाँ–त्यहाँ प्रत्येक हप्ताको
एक दिन उहाँको
सम्झनाको निम्ति छुट्टयाइन्छ । संसारभरि
नै प्रत्येक वर्ष
उहाँको जन्म र
पुनरुत्थानको उत्सव मनाइन्छ ।
उहाँको मृत्युको सम्झनामा विश्वव्यापी
रूपमा गुड फ्राइडे
मनाइन्छ । इतिहासमा
अन्य कुनै व्यक्तिको
जीवनी वा घटनाले
भन्दा उहाँको जीवनीले
गीत, पुस्तक, कविता
र चित्रहरूको विषयवस्तुको
लागि बढी सामाग्रीहरू
उपलब्ध गराएको छ । हाम्रो लागि जीवन
अर्पण गर्नुहुने येशूको
सम्झनामा हजारौँ क्याम्पस, अस्पताल,
अनाथालयसाथै अन्य संघ–संस्थाहरू स्थापित गरिएका
छन् । यो
प्रस्ट छ कि
येशू ख्रीष्टको व्यक्तित्वले
मानव–जातिमाथि यस्तो
अद्भूत प्रभाव पारेको छ
कि दुई हजार
वर्षपछि पनि त्यो
प्रभावमा कमी आएको
छैन । हरेक
दिन कैयौँ मानिसहरूले
ख्रीष्टमा आमूल परिवर्तनको
अनुभव गर्छन् ।
पैसा र हातहतियारबिना
नै नासरतको येशूले
अलेक्ज्याण्डर, कैसर, मोहम्मद, नेपोलियनभन्दा
लाखौँ मानिसहरूलाई जित्नुभयो
। विज्ञान र
विद्याबिना नै उहाँले
मानवीय र ईश्वरीय
कुराहरूमा सबै दर्शनशास्त्रीहरू
र विद्वान्हरूभन्दा बढी
उज्यालो छर्नुभयो । स्कुलको
वाकपटुताबिना नै उहाँले
जीवनबारे यस्ता वचनहरू बोल्नुभयो
जुन न त पहिले बोलिएका थिए,
न त पछि
। यति मात्र
होइन कि अनगिन्ती
आत्माको उद्धार एउटै व्यक्ति
ख्रीष्टद्वारा नै गरिएको
छ ।
येशू ख्रीष्ट
यस धरतीमा नजन्मनुभएको
भए, आज मानव
सभ्यताले यो उचाइलाई
चुम्न सक्दैनथ्यो ।
येशू ख्रीष्ट अन्य
सबै धार्मिक र
नैतिक शिक्षकहरूभन्दा महान्
हुनुहुन्छ । मोशा,
बुद्ध, कन्फ्युसियस, लाओत्सु, सुकरात, अलेक्ज्याण्डर,
सिसेरो, जुलियस कैसर, मोहम्मद,
नेपोलियन बोनापार्ट, कार्ल माक्ससाथै
हिन्दू धर्मका गुरुहरू अनि
अन्य सबै चर्चित
अगुवाहरूभन्दा येशू महान्
हुनुहुन्छ । विश्वविख्यात
इतिहासकार केनेथ स्कटको सही
मूल्याङ्कन यस रचनाको
निष्कर्ष हो, “शताब्दीहरू
बित्दै गर्दा साक्षी यति
सञ्चित भएको छ
कि इतिहासमा उहाँको
प्रभावलाई
मापदण्ड
बनाउने
हो
भने
येशू
यस
ग्रहमा
बाँच्नुहुने
सर्वाधिक
प्रभावकारी
व्यक्तित्व
हुनुहुन्छ
।
त्यो प्रभाव बढ्दो
छ ।”