menu bar

Thursday, October 2, 2014

येशूको विश्वव्यापी प्रभावबारे सुप्रसिद्ध भनाइहरू




दार्शनिकहरूका सबै प्रवचनहरू नीतिज्ञहरूका सबै अर्तीहरूले भन्दा [येशू] ख्रीष्टको तिन वर्षे सक्रिय जीवनको सामान्य अभिलेखले मानवजातिलाई आध्यात्मिक उन्नति गराउन नरम पार्न बेसी काम गरेको
विलियम लेके, विख्यात ब्रिटिस इतिहासकार

मानवजातिको बिचमा देखा परेका फलहरूलाई मापन गर्दा त्यो छोटो जीवन नै यस ग्रहमा जिउने सबैभन्दा प्रभावशाली जीवन बनेको ... शताब्दीहरू बित्दै जाँदा त्यस जीवनको प्रभाव लोप हुँदै जानुको साटो झन् गहन हुँदै गएको उहाँद्वारा दसौँ लाख मानिसहरू रूपान्तरित भएका छन् अनि तिनीहरूले उहाँको नमुनादायी जीवनलाई पछ्याउन थालेका छन् ... देखा परेका नतिजाहरूलाई नाप्दा येशूको जन्म, जीवन, मृत्यु पुनरुत्थान मानवजातिको इतिहासका सर्वाधिक महत्त्वपूर्ण घटनाहरू हुन् उहाँको प्रभावलाई मापन गर्दा येशू मानव इतिहासको केन्द्रिय पात्र हुनुहुन्छ
फिलिप स्काफ 

एउटा इतिहासकार हुँ, विश्वासी होइनँ नासरतका यी अकिञ्चन प्रचारक अपरिवर्तनीय रूपमा इतिहासको केन्द्र हुनुहुन्छ भनी एउटा इतिहासकारको नाताले मैले स्वीकार गर्नैपर्छ
                एच. जी. वेल्स

सुकरातले ४० वर्षसम्म सिकाए, प्लेटोले ५०, अरस्तुले ४० येशूले केवल वर्ष तथापि प्राचीन संसारका यी तिन महानतम दार्शनिकहरूले १३० वर्षसम्म सिकाएको शिक्षाले पारेको प्रभावभन्दा ख्रीष्टको वर्षे सेवाकार्यको प्रभाव असीमित रूपमा श्रेष्ठतर
                अज्ञात

शताब्दीहरू बित्दै जाँदा साक्षीहरू यति प्रचुर भएका छन् कि इतिहासमा उहाँको प्रभावलाई मापदण्ड बनाउने हो भने येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्छ
                केनेथ स्कट लाटुरेट, इतिहासकार

ख्रीष्ट इतिहासकै सर्वाधिक प्रभावशाली व्यक्तित्वको रूपमा खडा हुनुभएको निस्सन्देह संसारलाई रूपान्तरण गर्ने मानिसहरूको सूचीमा मोशा, बुद्ध मोहम्मदका नाउँहरू समावेश हुन्छन् तथापि यहूदी, बुद्ध इस्लाम धर्ममा मोशा, बुद्ध मोहम्मदले जुन ठाउँ ओगट्छन् ख्रीष्टियमतमा येशूले त्योभन्दा नितान्त फरक ठाउँ ओगट्नुहुन्छ मोशा, बुद्ध मोहम्मदले कहिल्यै पनि आश्चर्यकर्महरू गरे भनी दाबी गरेनन् वास्तवमा तिनीहरूले आफूलाई कहिल्यै पनि मानिसभन्दा ठुलो प्राणीको रूपमा हेरेनन् तिनीहरूले आफूलाई केवल परमेश्वरका सन्देशवाहकहरूको रूपमा हेरे ख्रीष्ट मात्रै इतिहासमा एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ जसले पुरै धर्मलाई आफ्नो व्यक्तित्ववरिपरि परिभाषित गर्नुभएको
दिनेश डिसुजा  

इतिहासका सन्त हिरोहरू हामीबाट टाढाटाढा भाग्दै छन् , इतिहासले तिनीहरूका कामहरूको अभिलेखलाई झनै साँघुरो पृष्ठमा सङ्कुचित पार्दै छन् तर येशू ख्रीष्टको नाउँ, कार्यहरू वचनहरूमाथि समयको कुनै ताकत छैन
विलियम . चानिङ
               
सतही दिमागहरूले ख्रीष्ट साम्राज्यका संस्थापकहरूसाथै अन्य धर्मका देवताहरूको बिचमा समानता देखाए त्यो समानता विद्यमान छैन ख्रीष्टियमत अन्य कुनै पनि धर्मको बिचको दुरी अनन्त
नेपोलियन बोनापार्ट, फ्रान्सका सम्राट्

परमेश्वरमानवको रूपमा येशू ख्रीष्ट महानतम व्यक्तित्व हुनुहुन्छ तसर्थ, उहाँको व्यक्तिगत प्रभाव यस धरतीमा बाँच्ने कुनै पनि मान्छेको भन्दा बढी
बर्नाड र्याम

येशू ख्रीष्ट सम्पूर्ण कालको असाधारण व्यक्तित्व हुनुहुन्छ ... उहाँ संसारको ज्योति हुनुभयो एउटा यहुदी भएको नाताले यसमा मैले किन गर्व नगर्ने ?
सोलेम आस, यहूदी लेखक

उन्नाइस शताब्दी आएर बितिसकेका छन् आज उहाँ मानवजातिको केन्द्रिय व्यक्तित्व हुनुहुन्छ उहाँ प्रगतिको स्तम्भको अगुवा हुनुहुन्छ मार्च पास गर्ने सम्पूर्ण सेनाहरू, सबै नौसेनाहरू, सबै संसदहरू शासन गर्ने सबै राजाहरूलाई सँगसँगै राखिने हो भने पनि यस एकल जीवनले यस पृथ्वीमा जति शक्तिशाली ढङ्गमा प्रभाव पारेको त्यति तिनीहरूले पारेका छैनन् भन्दा पनि मैले उहाँलाई उचित अङ्क दिएको हुँदैन
अज्ञात

व्यक्तिगत रूपमा नासरतका येशूको बारेमा मानिसहरूले जस्तो सोचाइ विश्वास राखे तापनि झण्डै बिस शताब्दीसम्म उहाँ पाश्चात्य संस्कृतिको इतिहासमा प्रबल व्यक्तित्व हुनुभएको ... उहाँको जन्मबाट नै प्रायजसो मानवजातिले पात्रोको आरम्भ गर्छन् । उहाँको नाउँ लिएर नै दसौँ लाखले सराप दिन्छन् भने उहाँकै नाउँमा दसौँ लाखले प्रार्थना चढाउँछन्
जारोस्लाम पेलिकान, विश्वचर्चित इतिहासकार




Leave Your Comments Here!