menu bar

Friday, July 29, 2016

बाइबलको पहिलो पदबारे तपाईंले जान्नुपर्ने ५ ओटा कुराहरू



नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबल (ख्रीष्टाब्द २०१२) को पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको : “आदिमा परमेश्वरले आकाशमण्डल पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति :) सृष्टिसम्बन्धी यस कथनसहित बाइबलको कथाको आरम्भ हुन्छ बाइबलको यस पहिलो पदबाट थुप्रै सत्यताहरू बाहिर निस्कन्छन् बाइबलको यस पहिलो पदबारे तपाईंले ओटा कुरा जान्नु आवश्यक जुन यस प्रकार छन्:

  • यो विश्व (अङ्ग्रेजीमा युनिभर्स) अनन्त छैन एउटा निश्चित बिन्दुमा यसको सृष्टि गरियो विगतमा विश्व अनन्त भनी विश्वास गरिएको भए तापनि बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले यो अनन्त छैन भनी पुष्टि गरेका छन् महाविस्फोटमा यसको आरम्भ भएको थियो भनी अधिकांश वैज्ञानिकहरू सहमत छन्  
  • यो आफै सृष्टि भएको होइन   किनभने अस्तित्वविहीनले कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउन सक्दैन शून्यताबाट कहिल्यै स्वत: कुनै पनि वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन सारा वैज्ञानिक नियमहरू महाविस्फोटमा मात्र अस्तित्वमा आएकाले वैज्ञानिक नियमहरूबाट यो विश्वको उदय हुन सक्ने सम्भावना छैन  
  • एक बुद्धिमान् रचनाकारले सारा विश्वलाई अस्तित्वमा ल्याउनुभयो एकातिर यो विश्व अनन्त छैन अर्कोतिर यो आफै उत्पत्ति भएको हुन सक्दैन भने यसको अस्तित्वको पछाडि एक जना रचनाकार हुनैपर्छ जसलाई परमेश्वर भनिन्छ   
  • परमेश्वरले सारा विश्वलाई शून्यताबाट सृष्टि गर्नुभयो उहाँले यसलाई पहिले नै अस्तित्वमा भएका थोकहरूबाट सृजना गर्नुभएन यसको सृजनाअगि कुनै पनि कुरो अस्तित्वमा थिएन, केवल परमेश्वर अस्तित्वमा हुनुहुन्थ्यो   
  • परमेश्वरले विश्वलाई उहाँको आफ्नै अंशबाट सृष्टि गर्नुभएन उहाँले यसलाई उहाँका हात वा खुट्टा वा टाउकोबाट सृजनुभएन यो विश्व फरक हिस्सा हो यो उहाँको भाग होइन यद्यपि यो उहाँमा आश्रित



Leave Your Comments Here.


Thursday, July 28, 2016

परमेश्वरले जहाजका यात्रुहरूलाई सम्भाव्य दुर्घटनाबाट जोगाउनुभयो



बा, अब तपाईंले यति धेरै परिश्रम गर्नुहुँदैन,” डी. एल. मुडीका छोरा बिल मुडीले भन्यो, “डाक्टरले भनेको कि तपाईंको मिहिनेतको गतिलाई तपाईंले कम गर्नुभएन भने तपाईंले आफ्नै ज्यान लिनुहुनेछ

डी. एल. मुडीले गुनगुनाउँदै गुनासो पोखे तिनी बाफबाट चल्ने स्प्री नाम गरेको पानी जहाजमा चढी इङ्गल्यान्डबाट अमेरिकातर्फ जाँदै थिए आन्ध्र महासागरमा जहाज आइपुगेको थियो ५४ वर्ष पुगेका मुडी खाटमा पल्टिरहेका थिए तिनी ठुलो जिउडाल भएका व्यक्ति थिए भर्खरै तिनले थकानको महसुस गर्दै थिए तर आफूले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको तिनलाई लाग्दै थियो यस्तो अवस्थामा तिनको कामको चाप बढिरहेको थियो ख्रीष्टाब्द १८९३ मा सिकागोमा हुन गइरहेको वल्र्ड एक्सो अर्थात् बृहत् सार्वजनिक प्रदर्शनी मुखैमा आउँदै थियो त्यहाँ आउने सबै मानिसहरूलाई सुसमाचार सुनाउन मुडीले महिने लामो सुसमाचारीय शिविर राख्ने योजना बुन्दै थिए

मुडीको मनमा यस्तै खालका विचारहरू वारपार गरिरहँदा एक्कासि त्यहाँ ठुलो आवाज आयो जहाज तीव्र गतिमा हल्लिन थाल्यो मुडीको छोरो बिल के भएको रहेछ भनी हेर्न दौडेर जहाजको तलामा उक्ल्यो भयङ्कर डरलाग्दो खबर लिएर आयो उसले, “बा, जहाजलाई मोड्ने बिँड भाँचिएछ पानी जहाजभित्र पस्दै मलाई लाग्छ, अब हामी डुब्छौँ

भयभीत यात्रुहरू जहाजको तलामा जम्मा भए जहाजको पछाडिको भाग बिस्तारै पानीमा डुब्न लाग्दै थियो समुद्रको धारले जहाजलाई यताउता पछार्दै थियो के गर्ने भन्ने विषयमा कप्तान नाविकहरूको बिचमा छलफल चल्यो खतराको सङ्केत दिई तिनीहरू जहाजमा त्यसै बस्ने निर्णय गरे, अर्को जहाजले तिनीहरूलाई बचाउनेथियो भन्ने आशाका साथ

पहिलो रात अति नै दर्दनाक तवरले बित्यो कोही सुतेन सबै यात्रुहरू जहाजको विश्राम कक्षमा खचाखच भएका थिए डी. एल. मुडी पनि सङ्घर्ष गर्दै थिए यद्यपि तिनी मर्नदेखि भने डराएका थिएनन् किनकि तिनी येशूसँगै स्वर्गमा हुनेथिए भनी तिनी निश्चित थिए तर यस पृथ्वीमा छँदा आफ्नी प्यारी पत्नी छोराछोरीहरूलाई फेरि कहिल्यै देख्न नपाइने विचारले भने तिनलाई पिरोलिरहेको थियो कैयौँ कुराहरू अपुरै हुनेथिए यो तिनको जीवनको सर्वाधिक अन्धकारमय क्षण थियो

भोलि बिहान बैठक कक्षमा सङ्गति गर्ने अनुमति पाए मुडीले तिनले भजनसंग्रह १०७:२३२८ लाई पाठ गरे जहाँ लेखिएको , “कोहीकोही जहाज चढी समुद्रमा गए ... तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो तिनले भजनसंग्रह ९१:११ को वचन पनि पढे, “किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ धेरैले सान्त्वना पाए मुडी आफैले पनि हलुङो महसुस गरे वचनले तिनलाई ढाडस दियो

त्यो रात मुडी आफ्नो ओछयानमा पल्टे तुरुन्तै निदाए मध्यरातमा छोरोले उत्तेजित हुँदै भन्यो, “आउनुस् बा हेर्नुस्

जहाजको तलाबाट टाढाबाट त्यतैतिर आइरहेको एउटा जहाजको प्रकाशलाई तिनीहरूले देखे यस जहाजको नाउँ लेक हुरोन थियो पानीको धार प्रचण्ड भए तापनि दुई ओटा जहाजलाई तिनीहरूले डोरीले बाँधे खतरा अझै हटिसकेको थिएन हुरोनले बिस्तारैबिस्तारै बिग्रेको स्प्रीलाई तानेर लग्यो आठ दिनपछि तिनीहरू सकुशल इङ्गल्यान्डमा नै फर्के

उहाँले दिनुभएको सुरक्षाको निम्ति आनन्दित हुँदै त्यसको कारण हुनुपर्छ भनी मुडीले विचार गरे तिनले भने, “बिल, मेरो परिश्रमलाई कम गर्न सक्दिनँ परमेश्वरले मलाई विशेष जिम्मा दिनुभएको सिकागोमा हुने वल्र्ड एक्सोमा हजारौँ मानिस जम्मा हुन्छन् तिनीहरू सबैलाई मुक्तिदाताको खाँचो उहाँको काम गर्दै छु भने उहाँले मलाई अवश्य सुरक्षा प्रदान गर्नुहुनेछ तर उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त , किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ” ( कोरिन्थी १२:)

(कमल अधिकारीको कृति प्रेरक प्रसङ्गहरूबाट साभार)



Leave Your Comments Here.


Tuesday, July 26, 2016

ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो; गाडिनुभयो र पुनजीर्वित पारिनुभयो



अगस्ट १९९० देखि फेब्रुअरी १९९१ सम्म चलेको युद्धलाई गल्फ वार अर्थात् खाडी युद्धको नाउँले चिनिन्छ इराकले कुवेतमाथि हमला गरेपछि यस युद्धमा अमेरिकाद्वारा नेतृत्व गरिएको ३४ मुलुकको गठबन्धन इराकको विरुद्धमा खनिएको थियो

युद्धको अन्त्य हुनुभन्दा ठिक एक दिनअगि अर्थात् २७ फेब्रुअरी १९९१ मा अमेरिकी रक्षा मन्त्रालयको प्रधान कार्यालय पेन्टागनबाट रुथ डिलोले एउटा दु:खद खबर प्राप्त गरिन् उनका छोरा क्लाइटोनले कुवेतको भूमिमा बिछ्याइएको विस्फोटक पदार्थ (ल्यान्डमाइन) माथि कुल्चन पुगे तिनको निधन भयो भनी खबरमा बताइएको थियो

रुथले पछि लेखेकी थिइन्, “मेरा शोक बेचैनीलाई व्याख्या गर्न सक्दिनँ मलाई सहन हम्मेहम्मे परेको थियो तिन दिनसम्म रोइरहेँ मैले रिस क्षतिलाई प्रकट गरेँ तिन दिनसम्म मानिसहरूले मलाई सान्त्वना दिन खोजे तापनि त्यो व्यर्थ भयो

उनले यस्तो ह्दयविदारक खबर प्राप्त गरेको तिन दिनपश्चात् फोनको घण्टी बज्यो उतापट्टिको आवाजले भन्दै थियो, “आमा, बोल्दै छु क्लाइटोन हुँ जीवितै छु सुरुमा रुथलाई विश्वास लागेन तर उनले आफ्नै छोरोको आवाजलाई चिन्न नसक्ने कुरै भएन छोरो वास्तवमै जीवित रहेछन् उनले पहिले पाएको खबर गलत रहेछ मरेको ठानिएको छोरोलाई जीवितै पाउँदा आमा कति खुसी भइन् भनी अनुमान गर्न कठिन छैन

क्लाइटोनको कथा येशू ख्रीष्टको कथामा एउटा मूलभूत भिन्नता रहेको : क्लाइटोन मरेर पुन: बाँचेका थिएनन् तर येशू मरेर पुन: बाँच्नुभएको थियो तिनको मृत्युको कथा झुटो रहेछ जब कि येशूको मृत्युको कथा एउटा ऐतिहासिक सत्यता हो बाइबलले भन्छ, “ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो उहाँ गाडिनुभयो, ... तेस्रो दिनमा ... पुनजीर्वित पारिनुभयो” ( कोरिन्थी १५:)    

Leave Your Comments Here.