क्रिस्टोफर
लापेल क्याम्बोडियामा कम्युनिस्टहरूको
अत्याचारबाट बाँच्न सफल भएका
थिए । भागेर
थाइल्यान्ड पुगेका लापेलले त्यहाँ
येशू ख्रीष्टको बारेमा
सुनेपछि तिनले आफ्नो जीवन
येशूमा सुम्पे । पछि
तिनी अमेरिका पुगे
र पास्टर बने
। क्याम्बोडियामा कम्युनिस्ट
शासन ढलेको १५
वर्षपश्चात् अर्थात् ख्रीष्टाब्द १९९४
मा लापेल र
तिनका मानिसहरूले उक्त
मुलुकको उत्तर पश्चिममा पर्ने
बट्टमबङ्ग प्रान्तमा एउटा मण्डली
स्थापना गरे ।
पछिल्लो वर्ष लापेल
तालिमको लागि त्यहाँ
पुगे ।
तालिममा
निम्त्याइएकाहरूमध्ये एक जनाको
नाउँ थियो, हाङ्ग
पिन । लगभग
५५ वर्ष पुगेका
पिन गाउँका शिक्षक
थिए । तिनी
ख्रीष्टियान नभए तापनि
तिनी लापेलको तालिममा
सहभागी हुन राजी
भए किनकि नैराश्यको
भूमरीमा जेलिएकाले तिनले उत्साहको
खोजी गरिरहेका थिए
।
लापेलको
एउटा कक्षामा पिनले
येशूलाई व्यक्तिगत प्रभु र
मुक्तिदाताको रूपमा ग्रहण गरे
र अर्को दिन
तिनले साङ्गके नदीमा
पानीको बप्तिस्मा लिए ।
तिनको जीवनमा नाटकीय
रूपान्तरण देखा पर्यो
। पछि तिनी
आफ्नो गाउँमा फर्के
र आफ्ना छोराछोरीहरूलाई येशू ख्रीष्टमा
डोर्याए
अनि बप्तिस्मा दिए
। चाँडै नै
१४ परिवार ख्रीष्टियान
बनिसकेका थिए ।
तर
पिनको विगत डरलाग्दो
थियो । वास्तवमा
पिन को थिए
? पिन हत्यारा थिए
। ख्रीष्टाब्द १९४२ मा क्याम्बोडियामा जन्मेका पिनको पहिलेको नाउँ
डच थियो । तिनी कमरेड डच थिए
। तिनी एस–२१ नाउँ दिइएको
यातना केन्द्रका अगुवा
थिए । त्यहाँ
१४,००० मानिसहरू
बन्दी बनाइएका थिए
जसमध्ये ७ जना
मात्रै जीवितै फर्के ।
कम्युनिस्टहरूको शासनकालमा झण्डै २०
लाखले ज्यान गुमाएका
थिए । सैयौँ
मानिसहरूको हत्याको लागि पिन
जिम्मेवार थिए ।
अन्य कम्युनिस्ट अगुवाहरूले
जस्तै पिनले आफ्नो
विगत लुकाएनन् ।
तिनले आफ्नो विगतका
अपराधहरूलाई स्वीकार गरे ।
तिनको सुस्पष्ट पाप–स्वीकार अन्तर्राष्ट्रिय मिडियाहरूमा
मुख्य समाचार बन्यो
।
हत्याको
अभियोगमा जन्म कैद भोगिरहेका ७४ वर्षे पिन अहिले झ्यालखानामा छन् तरै पनि तिनी
यसो भन्छन्, “म
कैदी होइनँ ।
म फुक्का मान्छे
हुँ । मेरो
जीवनको हरेक दिन
म रमाउँछु ।
म मृत्युको लायक
छु । म यस दण्डको
लायक छु ।
तर मैले येशूलाई
पाएको छु ।
त्यसैले, मसित प्रेम
छ । यदि
मैले पहिले नै
येशूलाई पाएको भए मैले
जे गरेँ त्यो
मैले कहिल्यै गर्ने
थिइनँ । मलाई
उहाँको प्रेमको बारेमा कहिल्यै
थाहा थिएन ।”