“बा, अब तपाईंले
यति धेरै परिश्रम
गर्नुहुँदैन,” डी. एल.
मुडीका छोरा बिल
मुडीले भन्यो, “डाक्टरले भनेको
छ कि तपाईंको
मिहिनेतको गतिलाई तपाईंले कम
गर्नुभएन भने तपाईंले
आफ्नै ज्यान लिनुहुनेछ
।”
डी.
एल. मुडीले गुनगुनाउँदै
गुनासो पोखे ।
तिनी बाफबाट चल्ने
स्प्री
नाम गरेको पानी जहाजमा
चढी इङ्गल्यान्डबाट अमेरिकातर्फ
जाँदै थिए ।
आन्ध्र महासागरमा जहाज आइपुगेको
थियो । ५४
वर्ष पुगेका मुडी
खाटमा पल्टिरहेका थिए
। तिनी ठुलो
जिउडाल भएका व्यक्ति
थिए र भर्खरै
तिनले थकानको महसुस
गर्दै थिए ।
तर आफूले गर्नुपर्ने
काम धेरै नै
बाँकी रहेको तिनलाई
लाग्दै थियो ।
यस्तो अवस्थामा तिनको
कामको चाप बढिरहेको
थियो । ख्रीष्टाब्द
१८९३ मा सिकागोमा
हुन गइरहेको वल्र्ड एक्सो अर्थात् बृहत् सार्वजनिक
प्रदर्शनी
मुखैमा आउँदै थियो ।
त्यहाँ आउने सबै
मानिसहरूलाई सुसमाचार सुनाउन मुडीले
६ महिने लामो
सुसमाचारीय शिविर राख्ने योजना
बुन्दै थिए ।
मुडीको
मनमा यस्तै खालका
विचारहरू वारपार गरिरहँदा एक्कासि
त्यहाँ ठुलो आवाज
आयो । जहाज
तीव्र गतिमा हल्लिन
थाल्यो । मुडीको
छोरो बिल के
भएको रहेछ भनी हेर्न
दौडेर जहाजको तलामा
उक्ल्यो । भयङ्कर
डरलाग्दो खबर लिएर
आयो उसले, “बा,
जहाजलाई मोड्ने बिँड भाँचिएछ
। पानी जहाजभित्र
पस्दै छ । मलाई लाग्छ,
अब हामी डुब्छौँ
।”
भयभीत
यात्रुहरू जहाजको तलामा जम्मा
भए । जहाजको
पछाडिको भाग बिस्तारै
पानीमा डुब्न लाग्दै थियो
। समुद्रको धारले
जहाजलाई यताउता पछार्दै थियो
। के गर्ने
भन्ने विषयमा कप्तान
र नाविकहरूको बिचमा
छलफल चल्यो ।
खतराको सङ्केत दिई तिनीहरू
जहाजमा त्यसै बस्ने निर्णय
गरे, अर्को जहाजले
तिनीहरूलाई बचाउनेथियो भन्ने आशाका
साथ ।
पहिलो
रात अति नै
दर्दनाक तवरले बित्यो ।
कोही सुतेन ।
सबै यात्रुहरू जहाजको
विश्राम कक्षमा खचाखच भएका
थिए । डी.
एल. मुडी पनि
सङ्घर्ष गर्दै थिए यद्यपि
तिनी मर्नदेखि भने
डराएका थिएनन् । किनकि
तिनी येशूसँगै स्वर्गमा
हुनेथिए भनी तिनी
निश्चित थिए ।
तर यस पृथ्वीमा
छँदा आफ्नी प्यारी
पत्नी र छोराछोरीहरूलाई
फेरि कहिल्यै देख्न
नपाइने विचारले भने तिनलाई
पिरोलिरहेको थियो ।
कैयौँ कुराहरू अपुरै
हुनेथिए । यो
तिनको जीवनको सर्वाधिक
अन्धकारमय क्षण थियो
।
भोलि
बिहान बैठक कक्षमा
सङ्गति गर्ने अनुमति पाए
मुडीले । तिनले
भजनसंग्रह १०७:२३–२८ लाई
पाठ गरे जहाँ
लेखिएको छ, “कोही–कोही जहाज
चढी समुद्रमा गए
। ... तिनीहरूले आफ्नो
सङ्कष्टमा परमप्रभुको पुकार गरे,
र उहाँले तिनीहरूलाई
तिनीहरूको आपद्बाट छुटाउनुभयो ।”
तिनले भजनसंग्रह ९१:११ को
वचन पनि पढे,
“किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई,
तिम्रा सबै मार्गमा
रक्षा गर्नलाई आज्ञा
दिनुहुनेछ ।” धेरैले
सान्त्वना पाए ।
मुडी आफैले पनि
हलुङो महसुस गरे
र वचनले तिनलाई
ढाडस दियो ।
त्यो
रात मुडी आफ्नो
ओछयानमा पल्टे र तुरुन्तै
निदाए । मध्यरातमा
छोरोले उत्तेजित हुँदै भन्यो,
“आउनुस् बा ।
हेर्नुस् त ।”
जहाजको
तलाबाट टाढाबाट त्यतैतिर आइरहेको
एउटा जहाजको प्रकाशलाई
तिनीहरूले देखे ।
यस जहाजको नाउँ
लेक
हुरोन
थियो । पानीको
धार प्रचण्ड भए
तापनि दुई ओटा
जहाजलाई तिनीहरूले डोरीले बाँधे
। खतरा अझै
हटिसकेको थिएन ।
हुरोनले बिस्तारै–बिस्तारै बिग्रेको स्प्रीलाई तानेर
लग्यो । आठ
दिनपछि तिनीहरू सकुशल इङ्गल्यान्डमा
नै फर्के ।
उहाँले
दिनुभएको सुरक्षाको निम्ति आनन्दित
हुँदै त्यसको कारण
हुनुपर्छ भनी मुडीले
विचार गरे ।
तिनले भने, “बिल,
मेरो परिश्रमलाई म
कम गर्न सक्दिनँ
। परमेश्वरले मलाई
विशेष जिम्मा दिनुभएको
छ । सिकागोमा
हुने वल्र्ड एक्सोमा हजारौँ
मानिस जम्मा हुन्छन्
। तिनीहरू सबैलाई
मुक्तिदाताको खाँचो छ । म उहाँको
काम गर्दै छु
भने उहाँले मलाई
अवश्य सुरक्षा प्रदान
गर्नुहुनेछ ।” तर
उहाँले मलाई भन्नुभयो,
“मेरो अनुग्रह तेरो
निम्ति पर्याप्त छ, किनभने
मेरो शक्ति दुर्बलतामा
नै सिद्ध हुन्छ”
(२ कोरिन्थी १२:९) ।
(कमल अधिकारीको कृति प्रेरक प्रसङ्गहरूबाट साभार)