पावल
एल. माइर इतिहासकारसाथै
उपन्यासकार हुन् ।
ख्रीष्टियमतबारे आख्यानेतर र ख्रीष्टियान
इतिहासबारे तिनका उपन्यासहरू निकै
लोकप्रिय छन् ।
सोर्ह
ओटा प्रकाशित पुस्तकका
लेखक माइर ख्रीष्टाब्द
१९३० मा जन्मेका
थिए । अल्भिन
जे. स्किमिडद्वारा लिखित
How
Christianity Changed the World
नामक पुस्तकमा माइरले प्रस्तावना लेखेका
छन् जहाँ तिनले
सभ्यताको निर्माणमा येशूका शिक्षाहरूले
खेलेको भूमिकालाई सठिक ढङ्गमा
व्यक्त गरेका छन्:
प्राचीन
संसारमा उहाँ [येशू]
का शिक्षाहरूले नैतिकताको
पाशविक स्तरलाई माथि उठाए;
शिशु हत्यालाई रोके;
मानवीय जीवनको मूल्यलाई वृद्धि
गरे; स्त्रीहरूलाई मुक्त
गरे; दास प्रथालाई
निर्मूलन पारे; परोपकार र
राहतसम्बन्धी संस्थाहरूलाई जन्माए; अस्पतालहरूको सृजना
गरे; अनाथालयहरूको स्थापना
गरे र स्कुलहरू
खोले ।
मध्य
युगमा पाण्डुलिपिहरूको प्रतिलिपि
गरेर; पुस्तकालयहरूको निर्माण
गरेर; स्थगन दिनहरूमा
लडाइँलाई मन्द पारेर
र झैझगडाको छिनोफानो
गरेर झण्डै ख्रीष्टियमतले
मात्रै सर्वश्रेष्ठ संस्कृतिको जगेर्ना
गर्यो
। कलेजहरू र
विश्वविद्यालयहरूको स्थापना गर्नेहरू; श्रमलाई
ईश्वरीय पेसाको रूपमा सम्मान
दिनेहरू र सभ्यताको
ज्योतिलाई सीमा क्षेत्रमा
बस्ने असभ्यहरूकहाँ पुर्याउनेहरू
ख्रीष्टियानहरू नै थिए
।
आधुनिक
कालमा उचित किसिमले
व्यक्त ख्रीष्टियान शिक्षाले विज्ञानलाई
अगाडि बढायो; राजनीति,
सामाजिक र आर्थिक
स्वतन्त्रताको अवधारणालाई दृढतापूर्वक स्थापित
गर्यो;
न्यायको विकास गर्यो र
वर्तमान समयसम्म हाम्रो सम्पत्तिको
रूपमा रहेका कला,
वास्तुकला, सङ्गीतसाथै साहित्यमा विद्यमान
वैभवशाली प्राप्तिहरूका लागि प्रेरणाको
महानतम एकल स्रोतलाई
उपलब्ध गरायो ।