अगस्ट
१९९० देखि फेब्रुअरी
१९९१ सम्म चलेको
युद्धलाई गल्फ वार
अर्थात् खाडी युद्धको नाउँले
चिनिन्छ । इराकले
कुवेतमाथि हमला गरेपछि
यस युद्धमा अमेरिकाद्वारा
नेतृत्व गरिएको ३४ मुलुकको
गठबन्धन इराकको विरुद्धमा खनिएको
थियो ।
युद्धको
अन्त्य हुनुभन्दा ठिक एक
दिनअगि अर्थात् २७ फेब्रुअरी
१९९१ मा अमेरिकी
रक्षा मन्त्रालयको प्रधान
कार्यालय पेन्टागनबाट रुथ डिलोले
एउटा दु:खद
खबर प्राप्त गरिन्
। उनका छोरा
क्लाइटोनले कुवेतको भूमिमा बिछ्याइएको
विस्फोटक पदार्थ (ल्यान्डमाइन) माथि
कुल्चन पुगे र
तिनको निधन भयो
भनी खबरमा बताइएको
थियो ।
रुथले
पछि लेखेकी थिइन्,
“मेरा शोक र
बेचैनीलाई व्याख्या गर्न सक्दिनँ
म । मलाई
सहन हम्मेहम्मे परेको
थियो । म तिन दिनसम्म
रोइरहेँ । मैले
रिस र क्षतिलाई
प्रकट गरेँ ।
तिन दिनसम्म मानिसहरूले
मलाई सान्त्वना दिन
खोजे तापनि त्यो
व्यर्थ भयो ।”
उनले
यस्तो ह्दयविदारक खबर
प्राप्त गरेको तिन दिनपश्चात्
फोनको घण्टी बज्यो
। उतापट्टिको आवाजले
भन्दै थियो, “आमा,
म बोल्दै छु
। म क्लाइटोन
हुँ । म जीवितै छु ।”
सुरुमा त रुथलाई
विश्वास लागेन । तर
उनले आफ्नै छोरोको
आवाजलाई चिन्न नसक्ने कुरै
भएन । छोरो
वास्तवमै जीवित रहेछन् ।
उनले पहिले पाएको
खबर गलत रहेछ
। मरेको ठानिएको
छोरोलाई जीवितै पाउँदा आमा
कति खुसी भइन्
भनी अनुमान गर्न
कठिन छैन ।
क्लाइटोनको
कथा र येशू
ख्रीष्टको कथामा एउटा मूलभूत
भिन्नता रहेको छ: क्लाइटोन
मरेर पुन: बाँचेका
थिएनन् तर येशू
मरेर पुन: बाँच्नुभएको
थियो । तिनको
मृत्युको कथा झुटो
रहेछ जब कि
येशूको मृत्युको कथा एउटा
ऐतिहासिक सत्यता हो ।
बाइबलले भन्छ, “ख्रीष्ट हाम्रा
पापका निम्ति मर्नुभयो
। उहाँ गाडिनुभयो,
र ... तेस्रो दिनमा
... पुनजीर्वित पारिनुभयो” (१ कोरिन्थी
१५:३–४)
।