मिति
३ अप्रिल १९६८
को हो ।
यो मार्टिन लुथर
किङ्गको हत्या हुनुभन्दा अगिल्लो
दिन थियो ।
किङ्ग अमेरिकाको टेनेस्सी
प्रान्तमा पर्ने मेम्फिस सहरस्थित
मासोन
टेम्पल
अर्थात् चर्च अफ
गड
इन
क्राइस्टको मुख्यालयमा
उपस्थित श्रोतागणलाई सम्बोधन गर्नका
लागि आएका थिए
। यो तिनको
जीवनकै सबैभन्दा आखिरी सार्वजनिक
भाषण थियो ।
पास्टरसाथै अफ्रिकी–अमेरिकी नागरिक
अधिकार अभियानका प्रमुख अगुवा
किङ्गले भाषणको अन्त्यतिर जुन
किसिमको भाषाको प्रयोग गरेका
थिए त्यसले तिनलाई
आफ्नो आसन्न मृत्युको
बोध भएको भान
हुन्छ । ३९
वर्ष मात्र यस
धरतीमा बाँचेका किङ्गका आखिरी
वचनहरू यस्ता थिए:
अब
के हुनेछ मलाई
थाहा छैनँ ।
हाम्रा अगाडि केही कठिन
दिनहरू छन् ।
तर वास्तवमा अहिले
मलाई यसको कुनै
सरोकार छैनँ किनकि
म पहाडको टाकुरोमा
उक्लिसकेको छु ।
मलाई आपत्ति छैन
। हरेक व्यक्तिले
जस्तै म पनि
लामो समयसम्म बाँच्न
चाहन्छु । दीर्घायुको
आफ्नै स्थान छ
। तर अहिले
म त्यसबारे चिन्तित
छैनँ । म केवल परमेश्वरको
इच्छालाई कार्यान्वयन गर्न चाहन्छु
। र उहाँले
मलाई पहाडमाथि उक्लने
अनुमति दिइसक्नुभएको छ ।
र मैले चारैतिर
हेरिसकेँ । र मैले
प्रतिज्ञाको देशलाई देखिसकेको छु
। म तपाईंहरूसँगै
त्यहाँ जान नसकूँला
। तर आज
राति तपाईंहरूले यो
जानेको म चाहन्छु
कि हामी एउटा
जातिको रूपमा प्रतिज्ञाको देशमा
पुग्नेछौँ । त्यसैले,
आज राति म
खुसी छु ।
म कुनै कुरोदेखि
चिन्तित छैनँ ।
म कुनै मानिसदेखि
डराइरहेको छैनँ ।
मेरा आँखाले परमप्रभुको
आगमनको महिमालाई देखेका छन्
।