नयाँ
करारका सत्ताइस ओटा पुस्तक
येशूको बारेमा बताउने सर्वाधिक
भरपर्दा प्राथमिक स्रोतहरू हुन्
। ५,०००
भन्दा बढीको सङ्ख्यामा
भएका नयाँ करारका
विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ
करारको ऐतिहासिक सच्चाइको पुष्टि
गर्छन् । येशूको
मृत्युको करिब ६५
वर्षभित्रमा नयाँ करारका
सबै पुस्तकहरू लेखिएका
थिए । सत्ताइस
ओटामध्ये कम्तीमा पनि दस
ओटा पुस्तक उहाँसँगै
हिँड्नेहरूले लेखे ।
पुनरुत्थान हुनुभएका मुक्तिदाताका प्रत्यक्षदर्शी
पावलले १३ ओटा
पत्र कोरे ।
येशूको ऐतिहासिक अस्तित्वको लागि
नयाँ करारमा अखण्डनीय
साक्षीहरू समावेश छन् ।
तथापि
कल्पना गरौँ, हामीसित एकप्रति
बाइबल पनि छैन
र इतिहासमा बाइबल
नै लेखिएन ।
यस्तो अवस्था हुँदो
हो त येशू
ख्रीष्टको बारेमा हामीले के–कस्ता तथ्यहरू जम्मा
पार्न सक्थ्यौँ होला
? के हामीसित येशू
ख्रीष्टको बारेमा बताउने गैरख्रीष्टियान
स्रोतहरू छन् त
?
येशूको
जीवनीको १५० वर्ष
भित्रमा उहाँको बारेमा बताउने
१० ओटा गैरख्रीष्टियान
स्रोत विद्यमान छन्
भन्दा तपाईं छक्क
पर्नुपर्दैन । ती
गैरख्रीष्टियान स्रोतहरूबाट हामी येशूको
बारेमा निम्निलिखित १२ ओटा
महत्त्वपूर्ण सत्यताहरू थाहा पाउन
सक्छौँ भनी इतिहासकारहरूले
पत्ता लगाइसकेका छन्
।
(१) येशू
तिबेरिअसको शासनकालमा बाँच्नुभयो ।
(२) उहाँ
सदाचारी हुनुहुन्थ्यो ।
(३) उहाँले
अचम्मका कामहरू गर्नुभयो ।
(४) याकूब
नाउँका उहाँका भाइ थिए
।
(५) धेरैले
उहाँ मसीह हुनुहुन्थ्यो
भनी विश्वास गर्थे
।
(६) पन्तियस
पिलातसको समयमा उहाँलाई क्रूसमा
टाँगियो
(७) यहूदी
निस्तार–चाडको सन्ध्यामा उहाँलाई
क्रूसमा झुण्डयाइयो ।
(८) उहाँको
मृत्यु हुँदा भूकम्प गएको
थियो र अन्धकार
छाएको थियो ।
(९) उहाँ
मृतकहरूबाट बौरी उठ्नुभयो
भनी उहाँका चेलाहरूले
विश्वास गरे ।
(१०)
उहाँका चेलाहरू आफ्नो विश्वासको
निम्ति मर्न इच्छुक
थिए ।
(११) ख्रीष्टियमत
तीव्र रूपमा फैलँदै
रोमसम्म पुग्यो ।
(१२) उहाँका
चेलाहरूले रोमीसाथै ग्रिक देवी
देवताहरूलाई इन्कार गरी येशूलाई
परमेश्वरको रूपमा पुजे ।