अमेरिकाका
उनन्चालिसौँ राष्ट्रपति बनेका जिम्मी
कार्टरले ख्रीष्टाब्द १९७७–१९८१
सम्म सेवा गरे
। कार्टर सेन्टर
नामक गैरसरकारी संस्थामा
तिनले पुर्याएको योगदानको तारिफ
गर्दै ख्रीष्टाब्द २००२
मा तिनलाई नोबेल शान्ति पुरस्कार
प्रदान गरियो । विकासोन्मुख
मुलुकहरूमा शान्ति सम्झौताको पहल
गर्न, चुनावको अवलोकन
गर्न अनि रोग
रोकथामसाथै उन्मूलनलाई बढवा दिन
तिनले प्रचुर मात्रामा
यात्रा गरेका छन् ।
आफ्नो
जवान अवस्थादेखि नै
कार्टर ख्रीष्टियमतप्रति प्रतिबद्ध छन् ।
तिनी जर्जियामा पर्ने
आफ्नो गृह नगर
प्लेन्सस्थित मारानाथा
ब्याप्टिस्ट
चर्चका डिकन
हुन् । पूर्वराष्ट्रपति
कार्टर लेखक पनि
हुन् । ९१
वर्ष पुगेका कार्टरले
Sources
of Strength: Meditations on Scripture for a Living Faith नामक आफ्नो पुस्तकमा
उद्धारको योजनालाई ६ ओटा
बुँदामा व्यक्त गरेका छन्:
(१) परमेश्वरले
हामी सबैलाई प्रेम
गर्नुहुन्छ ।
(२) हामी
सबै पापी हौँ
।
(३) पापले
हामीलाई परमेश्वरबाट अलग गर्छ
।
(४)
हामीले
आफूले आफूलाई बचाउन
सक्दैनौँ । केवल
परमेश्वरले हामीलाई विश्वासद्वारा बचाउन
सक्नुहुन्छ ।
(५) येशू
पापको तगारोलाई हटाउन
आउनुभयो ।
(६) ख्रीष्टमाथि
विश्वास गरेर हामी
यी आशिष्हरू प्राप्त
गर्दछौँ ।
कार्टर
जारी राख्छन्, “उद्धारको
लागि यो मार्ग
ज्यादै सामान्य र सजिलो
भएकोले परमेश्वरको कृपा र
अनन्त जीवन प्राप्त
गर्नलाई हामीले केही गर्नुपर्छ
भनी केही मानिसहरूले
सोच्न सक्छन् ।
वास्तवमा शिक्षा, राम्रो परिवार,
सफल पेसाजस्ता जीवनका
अधिकांश प्राप्तिहरूका लागि कडा
मेहनत, प्रयत्न र बलिदानको
खाँचो पर्छ ।
तथापि परमेश्वरको क्षमा
र आशिष् हामीलाई
सित्तैँमा केवल अनुग्रहद्वारा
प्रदान गरिन्छ ।”