menu bar

Tuesday, July 12, 2016

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ



आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One Man's Raw Journey from Shame to Grace मा लेखकले आफ्नो कथालाई उदाङ्गो पारेका छन् पिता लुइसद्वारा छोरो आन्द्रुलाई पठाइएको एउटा पत्रलाई पनि उक्त कृतिमा समावेश गरिएको जसको अंश यस प्रकार रहेको :

प्रिय आन्द्रु, ...
आन्द्रु, तिमी परमेश्वरका जन हुन जन्म्यौ तिम्रो जीवनमा परमेश्वरको योजना त्यही नै हो त्यही नै परमेश्वरको उद्देश्य हो ... परमप्रभु परमेश्वरले तिमीलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ उहाँले चाल्नुभएको पहिलो कदम यही थियो कि उहाँ स्वैच्छिक रूपमा क्रूसमा जानुभयो त्यस क्रूसमा उहाँ तिम्रो सट्टामा मर्नुभयो उहाँले तिम्रो ठाउँ लिनुभयो; तिम्रो दण्ड बोक्नुभयो तिम्रो दोषलाई सदाको लागि हटाइदिनुभयो ...

आन्द्रु, यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो ह्दयमा विश्वास गर्यौ भने, आन्द्रु तिम्रो उद्धार हुनेछ किनकि आन्द्रु, तिमीले आफ्नो ह्दयले विश्वास गर्छौ तिमी निर्दोष ठहरिन्छौ, अनि तिमीले मुखले स्वीकार गर्छौ उद्धार पाउँछौ ... किनकिप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ” ...

आन्द्रु, तिमी मेरा छोरा भएकोले तिम्रो निम्ति मेरो प्रेम गहन परमेश्वरले तिमीलाई सृष्टि गर्नुभएकोले मैले तिम्रो जीवनमा देखेको क्षमता उत्कृष्ट तिमीले येशू ख्रीष्टलाई आफ्नो मालिक प्रभुको रूपमा स्वीकार गरी उहाँप्रति आज्ञाकारी बन्यौ भने तिमीले दसौँ लाखको जीवनमा आशिष् ल्याउन सक्नेछौ; तिनीहरूलाई बदल्न सक्नेछौ; तिनीहरूको जीवनमा महान् खुसी अनन्त जीवन ल्याउन सक्नेछौ

मेरो पछि लाग, तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु मैले येशूको यस भनाइलाई तिम्रो उमेरमा  गम्भीरतापूर्वक लिएँ यसलाई माया गर्दछु संसारमा यो सबैभन्दा उत्तम जीवन हो मेरा पुत्र, तिमीले आफ्ना सारा ह्दय प्राणले येशूलाई पछ्यायौ भने तिमी पनि आनन्दित हुनेछौ यस विद्रोही संसारमा अरू के ? धेरै कुराहरू छैनन्

चाँडै नै भेटौँला
तिमीलाई माया गर्दछु तिम्रो लागि प्रार्थना गर्दछु,
पिता     

Leave Your Comments Here.