menu bar

Wednesday, July 20, 2016

बाइबल तीर्थयात्रीको लौरो, विमान चालकको कम्पास र सिपाहीको तरवार हो



ख्रीष्टियान ईश्वरशास्त्रबारे एच. ओर्टोन विले पावल टी. कुल्बर्टसनद्वारा लिखित ओटा ठेलीमध्ये Introduction to Christian Theology को पृष्ठ सङ्ख्या ३७ को आरम्भमा लेखकद्वयले कसैको भनाइलाई उद्धृत गरेका छन् यस वर्णनमा बाइबललाई सठिक ढङ्गमा व्याख्या गरिएको :   

परमेश्वरको मस्तिष्क, मानिसको अवस्था, उद्धारको मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको प्रसन्नता बाइबलमा समावेश छन्
यसका सिद्धान्तहरू पवित्र छन्; यसका आज्ञाहरू पालनीय छन्; यसका निर्णयहरू अपरिवर्तनीय छन्
विश्वास गर्ने उद्देश्यले यसलाई पढ्नुस्; सुरक्षित हुने उद्देश्यले यसलाई विश्वास गर्नुस्; पवित्र हुने उद्देश्यले यसलाई अभ्यास गर्नुस्
तपाईंलाई बाटो देखाउने ज्योति, भरणपोषण गर्ने भोजन प्रसन्न पार्ने सान्त्वना पाइन्छ यसमा
यो यात्रुको पथप्रदर्शक, तीर्थयात्रीको लौरो, विमान चालकको कम्पास, सिपाहीको तरवार ख्रीष्टियानको अधिकारपत्र हो
यहाँ स्वर्गलोक पुनस्थापना गरिएको ; स्वर्ग खोलिएको नरकका द्वारहरू उदाङ्गो पारिएका छन्
ख्रीष्ट यसको मुख्य विषयवस्तु हुनुहुन्छ; हाम्रो भलाइ यसको संरचना हो परमेश्वरको महिमा यसको अन्त्य हो
यसले स्मृतिलाई भर्नुपर्छ; ह्दयलाई शासन गर्नुपर्छ पाउलाई अगुवाइ गर्नुपर्छ
यसलाई बिस्तारै, दैनिक प्रार्थनापूर्वक पढ्नुस्
यो धन सम्पत्तिको खानी, महिमाको स्वर्गलोक आनन्दको नदी हो
यो यस जीवनमा तपाईंलाई दिइएको ; न्यायमा खोलिनेछ सदासर्वदा यसको सम्झना गरिनेछ
यसमा उच्चतम उत्तरदायित्व सम्मिलित ; यसले महानतम श्रमिकलाई इनाम दिनेछ यसको विषयवस्तुसित खेलवाड गर्नेहरूलाई यसले दण्ड दिनेछ


Leave Your Comments Here.