menu bar

Monday, July 11, 2016

के तपाईंले परमेश्वरले पठाउनुभएको पत्रलाई खोलेर पढ्नुभएको छ ?



एलिजाबेथ ब्यारेट ब्राउनिङ आफ्नो जीवन कालमा इङ्गल्यान्ड अमेरिकामा निकै लोकप्रिय कवियित्री थिइन्

ख्रीष्टाब्द १८०६ मा इङ्गल्यान्डमा जन्मेकी एलिजाबेथ बिरामीको कारणले शारीरिक रूपमा अशक्त हुन पुगिन् उनी १८४६ मा रोबर्ट ब्राउनिङसित वैवाहिक बन्धनमा बाँधिइन् एलिजाबेथको पिताको अनुमोदन नपाएकोले तिनीहरूले गोप्य रूपमा बिहे गरेका थिए बिहेपश्चात् ब्राउनिङ परिवार इटाली प्रस्थान गरे जहाँ तिनीहरूले बाँकी जीवन बिताए

तर एलिजाबेथका बुबा आमाले उनलाई परित्याग गरे तापनि उनले भने तिनीहरूलाई कहिल्यै त्यागेकी थिइनन् बिग्रिएको सम्बन्ध सुध्रियोस् भन्ने छोरीको चाहना रहेको थियो त्यसैले, प्राय: हरेक हप्ता उनले आफ्ना माता पितालाई चिठी पठाउँथिइन् तर उनले एउटै पत्रको पनि जवाफ पाइनन्

१० वर्षपश्चात् एलिजाबेथले हुलाकबाट एउटा ठुलो बाकस हात पारिन् उनले पठाएका सबै चिठीहरू त्यही बाकसभित्र रहेछन् एउटै पनि पढिएको रहेनछ ती पत्रहरू अङ्ग्रेजी साहित्यका सुन्दर रचनाहरू बने

एलिजाबेथका बुबा आमाले केही पत्रहरूलाई मात्र पढिदिएका भए टुटेको सम्बन्ध जोडिन्थ्यो होला ती पत्रहरू माता पिताप्रति उनको प्रेमका वाहकहरू थिए उनी मिलाप चाहन्थिन् तर तिनीहरूले नखोलेका कारण बिग्रिएको सम्बन्ध पुनर्निर्माण हुन सकेन

पापको कारणले परमेश्वरसित मानवजातिको सम्बन्ध बिग्रिएको थियो तर उहाँले मिलापको मार्ग जुटाइदिनुभयो बिग्रिएको सम्बन्ध सुधार्नको लागि उहाँले आफ्नो पत्र पठाइसक्नुभएको जुन बाइबल हो यसमा अभिलिखित उहाँको निमन्त्रणालाई स्वीकार गर्नेहरूले टुटेको सम्बन्धलाई जोडिसकेका छन् के तपाईंले परमेश्वरले पठाउनुभएको पत्रलाई खोलेर पढ्नुभएको ?      
         


Leave Your Comments Here.