menu bar

Wednesday, July 6, 2016

वैज्ञानिक फाराडेले भने, “मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु”



ख्रीष्टाब्द १७९१ मा मिखाएल फाराडेको जन्म इङ्गल्यान्डमा भएको थियो थोरै औपचारिक शिक्षा हासिल गरेका फाराडे इतिहासका सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पर्छन् विद्युतचुम्बकत्व विद्युतरसायनको क्षेत्रमा तिनले उल्लेखनीय योगदान पुर्याएका छन् तिनकै खोजले भौतिकशास्त्रको विद्युतचुम्बकीय क्षेत्रको अवधारणाको आधारलाई स्थापित गरेको थियो मूलत: तिनकै प्रयासले विद्युतलाई प्रविधिको क्षेत्रमा प्रयोग गर्न सकिएको हो

एक पटक वैज्ञानिक फाराडे सिकिस्त बिरामी परे तिनको अवस्था सार्है नाजुक बन्दै गएको थियो लाग्थ्यो, तिनी मृत्युको नजिकै थिए तिनको स्वास्थ्य अवस्था गम्भीर भएको थाहा पाएर केही वैज्ञानिकहरू फाराडेलाई भेट गर्न आए तिनीहरू विज्ञानको विषयमा बातचित गर्न नभई मृत्युको विषयमा कुराकानी गर्न आएका थिए आगन्तुकहरूमध्ये एक जनाले सोधे, “फाराडेज्यु, तपाईंको भविष्यबारे तपाईंको अनुमान के रहेको ?”

सबैलाई छक्क पार्दै वैज्ञानिकले जवाफ दिए, “अनुमान ! मेरो कुनै अनुमान छैन निश्चयतामा भर पर्दै छु त्यसपछि तिनले तिमोथी :१२ मा अभिलिखित बाइबलको वचनलाई उद्धृत गरे जहाँ लेखिएको , “यसकारण मैले यी कुरा भोगेको पनि छु तर शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो जान्दछु, मलाई निश्चय , जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ ”      




Leave Your Comments Here.