घटना
९ फेबु्रअरी १७०९
को हो जुन
बेला तिनी केवल
५ वर्षका थिए
। रातको ११
बजिसकेको थियो केटो
बसेको घरमा आगलागी
भयो । सबै
केटाकेटीहरूलाई सुरक्षितसाथ घर बाहिर
निकालियो तर तिनी
भने दोस्रो तलामा
नै छाडिए ।
आगो जलेर छाना
खस्नै लाग्दा केटो
चिच्च्याएपछि मात्र केटो भित्रै
छाडिएछ भनी थाहा
हुन आयो ।
केटोको उद्धारको लागि पिताचाहिँ
भर्याङतर्फ
दौडे । तर
भर्याङलाई
आगोले भष्म पार्न
थालिसकेकोले तिनको वजनलाई भर्याङले
थाम्छ जस्तो लागेन
पितालाई । पूर्ण
नैराश्यमा पिताले घुँडा टेकी
सहायताको निम्ति परमेश्वरलाई पुकारे
। त्यसै बेला
केटो दराजमाथि उक्लेकोले
छिमेकीहरूले तिनलाई देख्न सके
। भर्याङ खोजी
बाहिरबाट भर्याङमा चढेर गई
केटोको उद्धार गर्न अबेला
हुने भएकोले मानिसहरू
एक अर्काको काँधमाथि
चढे र केटोको
सकुशल उद्धार गरियो
।
त्यसको
केही समय पनि
बित्न नपाउँदै छाना
खस्यो । पिताले
चिच्च्याउँदै यसो भने,
“हे छिमेकीहरू आउनुस्
। हामी घुँडा
टेकी परमेश्वरलाई धन्यवाद
दिऔँ । उहाँले
मेरा सबै आठ
सन्तान दिनुभएको छ । घर जाओस्
म धनी नै
छु ।” यस
अविस्मरणीय घटनाले ती बालकको
मनमा अमिट छाप
छाड्यो । पछि
तिनकी आमाले तिनलाई
“आगोबाट निकालिएको अगुल्टो” (जकरिया
३:२) को
रूपमा उल्लेख गरिन्
। को थिए
ती ठिटो ? पछि
तिनलाई सारा दुनियाँले
जोन वेस्लीको नाउँले
चिन्यो ।
मेथोडिज्मका
संस्थापक वेस्ली अठारौँ शताब्दीका
एक प्रखर वक्ता
थिए । पवित्रताको
अभियान र पेन्टिकोस्टलवादको
विकासमा तिनका रचनाहरूले महत्त्वपूर्ण
भूमिका खेलेका छन् ।
तिनले आफ्नो जीवन कालमा
झण्डै ४०,०००
ओटा प्रवचन तोडे
। तिनले कैयौँ
रचनाहरू पनि छाडेर
गएका छन् ।