तिनी
कम्युनिस्टहरूको पञ्जामा थिए ।
कम्युनिस्टहरू सत्तामा आएपछि अन्य
कैयौँ बन्दीहरूसँगै तिनी
पनि आफ्नो किशोर
अवस्थामा क्याम्बोडियाको एउटा शिविरमा
बन्दी बनाइएका थिए
। तिनलाई आफ्नो
परिवारबाट अलग गरिएको
थियो । तिनले
दिनमा १२–१४
घण्टासम्म काम गर्नुपथ्र्यो
। पानीजस्तो तरल
पदार्थ नै तिनको
खाना थियो भने
आफूले समातेका छेपाराहरू
तरकारी । रातमा
कम्युनिस्ट अगुवाहरूले कसलाई डाक्थ्यो
थाहा हुँदैनथ्यो ।
डाकिएको व्यक्तिलाई फेरि देख्न
पाईंदैनथ्यो । त्यहाँ
क्रूरताको पराकाष्ठा अभ्यास भइरहेको
थियो ।
यो
१९७७ सालको अन्त्यतिरको
कुरो हो ।
एक पटक ती
किशोर सिकिस्त बिरामी
परे । तिनलाई
बेसरी ज्वरो आएको
थियो । तिनले
तिन/चार दिनसम्म
काम गर्न सकेनन्
। त्यस बेला
काम नगर्ने व्यक्तिलाई
बेकम्मा ठानिन्थ्यो जसलाई कम्युनिस्टहरूले
राख्दैनथ्ये । काम
नगर्नुको कारण पत्ता
लगाउन तिनलाई घिसारेर
लगियो । तिनलाई
लाग्यो, तिनको मृत्यु ढोकैमा
थियो । तिनी
भयभीत भए र
डरले काँप्न थाले
। तिनीहरूले तिनको
जाँच गर्न लागे
। एक जनाले
तिनको टाउकोमाथि हात
राख्यो भने अर्कोले
कुममाथि । एक
जनाले छातिमा हात
राख्न तिनको सर्ट
खोल्यो । ती
किशोरले धागोले बाँधेर घाँटीमा
क्रूस झुण्ड्याएका रहेछन्
। क्रूसको ज्योति
हात्तीको दाराजस्तो टल्कियो ।
तिनी ख्रीष्टियान भएकोले
क्रूसलाई झुण्ड्याएका थिएनन् ।
वास्तवमा तिनी बौद्ध
धर्मावलम्बी थिए ।
केही समयको मौनतालाई
चिर्दै एक जनाले
भन्यो, “यो ठिटो
साँच्चै बिरामी रहेछ ।
उसलाई जान देऊ
।” तिनलाई त्यस
क्रूसको बारेमा केही पनि
थाहा थिएन तर
त्यही क्रूसले नै
तिनको ज्यान जोगाएको
थियो भनी तिनले
विश्वास गरे ।
त्यस
क्रूर शिविरबाट भाग्नु
नै उचित ठानी
१९७९ को आरम्भतिर
तिनी त्यहाँबाट भागे
। तिनलाई थाहा
थियो पक्रिएको खण्डमा
तिनको ज्यान जाने
थियो । तर
त्यहाँ बसेर कठिनाइपूर्वक
काम गर्दा पनि
मृत्यु अवश्यमभावी नै थियो
। त्यसैले, तिनले
भाग्ने निर्णय गरे जसमा
तिनी सफल भए
।
पछि
ती किशोर अमेरिका
पुगे । तिनी
एउटा मण्डलीको वरिष्ठ
पास्टर बने जहाँ
तिनले २० वर्षसम्म
प्रभुको सेवा गरे
। तिनको नेतृत्वमा
२०० ओटाभन्दा बेसी
मण्डली स्थापना भइसकेका छन् ।
तिनको नाउँ हो,
क्रिस्टोफर लापेल ।