चाल्र्स
ब्लोन्दिन उन्नाइसौँ शताब्दीका फ्रान्सेली
चटके थिए जो
डोरीमा हिँड्थे । चटकको
लागि तिनी युरोप
र अमेरिकामा प्रसिद्ध
थिए ।
दक्षिण
अमेरिकामा नायगरा नामक शक्तिशाली
झरना छ । १,१००
फिट चौडाइ भएको
खोँचको वारपार चटके चाल्र्सले
डोरी टाँग्थे जसलाई
पानीको सतहभन्दा १६० फिट
माथि राखिन्थ्यो ।
तिनले डोरीबाट विभिन्न
समयमा गरी २१
पटक यस झरनालाई
पार गरे ।
एक पटक त
तिनले आँखामा पट्टी
बाँधेर यसलाई पार गरेका
थिए । तिनको
चर्तिकला देखेर हजारौँ दर्शकहरू
छक्क पर्थे ।
एक पटक चटकको
आयोजना गर्ने कर्मचारीहरूले सोधे,
“के चाल्र्सले तपाईंहरूमध्ये
कसैलाई तिनको पिठिऊँमा बोकेर
पार गर्न सक्छन्
भन्ने कुरामा के
तपाईंहरू विश्वास गर्नुहुन्छ ?” अधिकांशले
विश्वास गरे तापनि
कसैले पनि खतरा
मोल्न भने चाहेन
। अन्त्यमा, चाल्र्सका
आफ्नै प्रबन्धक ह्यारी
कल्कोर्ड त्यो खतरा
मोल्न तयार भए
। चाल्र्सले प्रबन्धकलाई
आफ्नो पिठिऊँमा बोके
र विगतमा जस्तै
तिनी सुरक्षितसाथ पारिपट्टि
जान सफल भए
।
येशू
ख्रीष्टको बारेमा जान्नु एउटा
पक्ष हो भने
हाम्रो जीवन उहाँमा
समर्पित गर्नु अर्को पक्ष
हो । उद्धारको
लागि उहाँको बारेमा
जान्नु आवश्यक छ तर
त्यो पर्याप्त हुँदैन
। विश्वासको अर्को
तत्त्व पनि हुन्छ
जसलाई इच्छा शक्ति
भनिन्छ ।
माथिको
ऐतिहासिक दृष्टान्तमा चटके ब्लोन्दिनले
दर्शकहरूलाई पिठिऊँमा बोकी पारिपट्टि
लैजान सक्थे भन्ने
ज्ञान थियो तिनीहरूमा
। तर तिनीहरूमा
इच्छा शक्ति भने
थिएन जसले गर्दा
तिनीहरू पारिपट्टि जान सकेनन्
। येशूमाथि विश्वास
गर्नु भनेको उहाँको
बारेमा जान्नु हो; उहाँलाई
छान्नु हो र
उहाँलाई पछ्याउनु हो ।