menu bar

Friday, July 8, 2016

बुद्ध धर्मका पूजाहारीका छोराबाट वरिष्ठ पास्टर बनेका क्रिस्टोफरको ह्दय छुने कथा



क्रिस्टोफर लापेल एसियाको दक्षिण पूर्वमा पर्ने क्याम्बोडियाको राजधानी नामपेन्हमा हुर्केका थिए तिनका पिता बुद्ध धर्मका प्रधान पूजाहारीसाथै राजकुमार नोरोडोम सिन्हाकका आत्मिक सल्लाहकार थिए क्रिस्टोफर हुर्केपछि तिनले पिताको ठाउँ लिऊन् भन्ने पिताको इच्छा रहेको थियो कहिलेकाहीँ पिताले छोरो क्रिस्टोफरलाई राजदरबारमा सँगै लिएर जान्थे जहाँ तिनले राजकुमारका सन्तानसँग खेल्न पाउँथे

क्रिस्टोफर १९ वर्ष लागेपछि ख्रीष्टाब्द १९७५ मा खमेर रुज सत्तामा आयो क्याम्बोडियाको खमेर कम्युनिस्ट पार्टीका अनुयायीहरूलाई दिइएको नाउँ हो, खमेर रुज तिनीहरू सत्तामा आएपछि हातहातमा एके४७ लिएर तिनीहरूले जबरजस्ती क्याम्बोडियाका सहरहरू रित्त्याउन थाले सहरका बासिन्दाहरूलाई दुर्गम गाउँहरूमा जान बाध्य पारियो पछिल्ला ,३६४ दिनमा सामाजिक वर्गलाई निमिट्टयान्न पारी भूमिसुधार समाजको सृजना गर्ने प्रयासमा कम्युनिस्टहरूले ८० लाख जनसङ्ख्यामध्ये झण्डै २० लाखलाई मृत्युको मुखमा पुर्याए

ती कम्युनिस्टहरूले शिक्षकहरूलाई मारे; अगिल्ला सरकारी कर्मचारीहरूलाई मारे; पत्रकारहरूलाई मारे तिनीहरूले कुनै पनि शिक्षित व्यक्तिलाई राख्न चाहँदैनथ्ये रुपियाँपैसा लुटियो; व्यक्तिगत सम्पत्ति खोसियो; स्कुलहरू बन्द गरिए; अदालतहरू बन्द गरिए; धार्मिक अभ्यासहरूमाथि दमन गरियो; व्यक्तित्वलाई निर्मूलन पारियो यही कथित् सुधारको चपेटामा परेका थिए क्रिस्टोफर तिनको परिवार पनि   

क्रिस्टोफर तिनको परिवार क्याम्बोडियाको उत्तर पश्चिमपट्टि लागे तर तिनको परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा बस्न दिइएन, तिनीहरूलाई अलग गरियो तिनका बुबा आमालाई मरणासन्न काम गर्न लगाइयो दुवै जना यस धरतीबाट बिदा भए तिनकी बहिनी सञ्चारकर्मी भएकोले उनको हत्या गरियो तिनको भाइलाई पनि मारियो

क्रिस्टोफर दुई वर्षसम्म कलेज गएको भए तापनि तिनले आफू साक्षर नभएको अभिनय गरे बिहानदेखि बेलुकासम्म केही नखाईकन तिनले १४१६ घण्टासम्म काम गर्नुपथ्र्यो सुकेर तिनको शरीरमा हाड छाला मात्र बाँकी रहेका थिए तिनका दुईतिहाई मित्रहरू मरेर गइसकेका थिए

कम्युनिस्टहरूको हातबाट मर्नुभन्दा जङ्गलमै मर्नु उचित ठानी क्रिस्टोफर काम गर्ने ठाउँबाट भागे तिनी थाइल्यान्डको सिमानामा आइपुगे जुन टाढा थिएन अन्त्यमा तिनी थाइल्यान्डको शरणार्थी शिविरमा आइपुगे जसलाई ख्रीष्टियान आउटरिच भनिन्थ्यो

क्रिस्टोफर त्यहाँ हुन पाउँदा तिनलाई अत्यन्तै खुसी लाग्यो जीवनमा धेरै लामो समयपछि तिनले सुरक्षाको महसुस गरे एक दिन एक जना स्त्रीले तिनलाई येशू ख्रीष्टको बारेमा बताइन् आफ्नो जीवन जोगाउनुभएकोमा तिनले परमेश्वरलाई धन्यवाद दिनुकासाथै तिनले येशू ख्रीष्टलाई आफ्नो ह्दयमा आउन निमन्त्रणा दिए तिनी नयाँ सृष्टि बने

त्यही शिविरमा क्रिस्टोफरले भान्ना नाउँ गरेकी केटीलाई भेटे दुई जना वैवाहिक बन्धनमा बाँधिए १९८० मा तिनीहरू अमेरिका प्रस्थान गरे अध्ययनपश्चात् क्रिस्टोफर क्यालिफोर्नियाको लस एन्जलसस्थित गोल्डेन वेस्ट क्रिस्चियन चर्चका वरिष्ठ पास्टर बने जहाँ तिनले २० वर्षसम्म सेवा गरे तिनी पटकपटक आफ्नो मातृभूमि क्याम्बोडिया पनि गए, स्थानीय ख्रीष्टियानहरूलाई उत्साह दिन तालिम दिन तिनको नेतृत्वमा २०० ओटाभन्दा बेसी मण्डली स्थापना भइसकेका छन्   
 



Leave Your Comments Here.