menu bar

Tuesday, July 5, 2016

के तपाईं तयार हुनुहुन्छ ?



चार्ली एच. क्याम्पबेल कलेज पढ्दा नास्तिक थिए । तर एक्काइस वर्षको उमेरमा आइपुग्दा तिनले कतै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि भनेर प्रश्न गर्न थाले । बाइबल, येशू ख्रीष्ट र परमेश्वरको पक्षमा लेखिएका तर्कसङ्गत पुस्तकहरू पढेपछि तिनी छक्क परे । नास्तिकवाद साक्षीमा आधारित नभएको र ख्रीष्टियमत साक्षीमा आधारित भएको देखेपछि १९९० मा तिनले येशूलाई ग्रहण गरे । हाल लेखकसाथै लोकप्रिय पाहुना शिक्षक चार्ली ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने अलवेज बि रेडी नामक सेवाको निर्देशक पनि हुन् । तिनले लेखेका छन्: 

तपाईंको देशको बारेमा मानिसहरूले सोध्ने सामान्य प्रश्नहरूको लागि आफैलाई तयार पार्न बेवास्ता गरी के तपाईं आफ्नो देशको राजदूत भएको कल्पना गर्न सक्नुहुन्छ ? त्यो गैरजिम्मेवार हुनेछ । चाँडै नै तपाईंले आफ्नो जागिर गुमाउनुहुनेछ । हामी उहाँका राजदूतहरू हौँ भनी परमेश्वर भन्नुहुन्छ (२ कोरिन्थी ५:२०) । यस्तो हुनेछ भन्ने देखेकोले मेरो विचारमा हरेक ख्रीष्टियानले यस प्रश्नलाई मनन गर्नु महत्त्वपूर्ण हुन्छ: मानिसहरूले परमेश्वरको विषयमा सोध्ने सामान्य प्रश्नहरूको जवाफ दिन के म तयार छु ? बाइबल भरोसायोग्य छ भनेर म किन विश्वास गर्दछु भनी कसैलाई व्याख्या गर्न के म तयार छु ? हाम्रो विश्वासको रक्षा गर्न हामी तयार हुनुपर्छ भनी १ पत्रुस ३:१५ ले भन्छ । के तपाईं तयार हुनुहुन्छ ? दु:खसाथ भन्नुपर्छ कि धेरै ख्रीष्टियानहरूले परमेश्वर र बाइबलको सम्बन्धमा भएका प्रश्नहरूको जवाफ दिनका लागि आफैलाई तयार पार्न वर्षभरिमा तिनीहरूले बिताउने समयभन्दा तिनीहरूले हप्तामा टी. भी. हेर्न बढी समय बिताउँछन् । विश्वासको रक्षा गर्ने काम पास्टरको हातमा नछाड्नुस् । मण्डलीलाई सन्तहरूको सेनाको खाँचो छ जसले सत्यतालाई चित्त बुझाउने गरी र अनुग्रहपूर्वक स्पष्टसँग व्यक्त गर्न सक्छन् । हामीलाई विश्वासको रक्षा गर्न बोलाइएको छ (यहूदा ३) ।



Leave Your Comments Here.