menu bar

Monday, July 4, 2016

हाम्रा मसीहले सारा मानव–जातिलाई छान्नुभयो— नेल्सन मन्डेला



नेल्सन मन्डेला दक्षिण अफ्रिकाका पहिलो राष्ट्रपति हुन् जसले ख्रीष्टाब्द १९९४१९९९ सम्म शासन गरे रङ्भेद विरुद्धको आन्दोलनका नायक मन्डेला मानवतावादी राजनीतिज्ञ थिए २७ वर्ष लामो जेल जीवन बिताएका मन्डेला १९९० मा जेलमुक्त भए २५० ओटाभन्दा बेसी पुरस्कार बटुलेका मन्डेलालाई १९९३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो अप्रिल १९९४ इस्टर सन्डेका दिन जायोनिस्ट क्रिस्चियन चर्चमा मन्डेलाले दिएको भाषणको अंश यस्तो :

यस दिन आराधनामा हामी हाम्रा शिर झुकाउँछौँ वर्षभरि हामीलाई दिनुभएको प्रचुरताको निम्ति सर्वशक्तिमान्लाई धन्यवाद दिन्छौँ मृत्युका डरलाग्दा शक्तिहरूमाथि पुनरुत्थान हुनुभएका ख्रीष्टको विजय उत्सव मनाउन हामी पवित्र खुसीमा हाम्रा सोर उचाल्छौँ

इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो यो एउटा उत्सव हो किनकि वास्तवमा यो आशाको उत्सव हो

इस्टर जीवनको नवीकरण झुटको अन्धकारमाथि सत्यको विजय ज्योतिको प्रतीक हो

इस्टर मानवीय भाइचाराको पर्व हो किनकि यसमा शुभ खबरको समाप्तिको उत्सव मनाइन्छ

शुभ खबर ल्याउनुहुने पुनरुत्थान हुनुभएका हाम्रा मसीहले एउटा जातिलाई मात्र छान्नुभएन; एउटा देशलाई मात्र छान्नुभएन; एउटा भाषालाई मात्र छान्नुभएन; एउटा कुललाई मात्र छान्नुभएन तर सारा मानवजातिलाई छान्नुभयो ...

हाम्रा मसीह मरणशील मानिसको रूपमा आउनुभए तापनि आफ्नो दु:खकष्ट क्रूसारोहणद्वारा उहाँले अमरत्व धारण गर्नुभयो

     

Leave Your Comments Here.