चाल्र्स
बादलाफ उन्नाइसौँ शताब्दीका इङ्गल्यान्डका
एक परिचित नास्तिक
थिए । तिनले
विश्वप्रसिद्ध ख्रीष्टियान सेवक प्राइस
हुगेसलाई आफूसित वादविवाद गर्न
चुनौती दिए ।
ग्रेट ब्रिटेनका हुगेस
आफ्नो समयमा महानतम
वक्ताहरूमध्ये एक थिए
।
ख्रीष्टियमतको
दाबी र नास्तिकवादको
दाबीमध्ये कसको दाबीचाहिँ
श्रेष्ठतर छ भनी
वादविवाद गर्नु तिनीहरूको विषय
थियो । वादविवादको
लागि ख्रीष्टियान सेवक
हुगेसले एउटा सर्त
अगि तेर्साए— नास्तिकवादप्रति
आफ्नो जीवन समर्पण
गरेर जीवन सुध्रिँदै
गएका एक सय
जना मानिसलाई चाल्र्सले
सँगै ल्याउनुपथ्र्यो ।
हुगेसले ख्रीष्टलाई अङ्गालेर जीवन
परिवर्तन भएका एक
सय जना मानिस
ल्याउने घोषणा गरे ।
पछि हुगेसले चाल्र्सलाई
केवल ५० जना
मात्र ल्याउन अनुरोध
गरे । त्यो
सङ्ख्या ५० बाट
२० मा झर्यो
अनि १० र
अन्त्यमा १ मा
पुग्यो । १
मा झर्दा पनि
उक्त सर्तलाई चाल्र्सले
स्वीकार गरेनन् । नास्तिकवादको
कारणले तिनले जीवन परिवर्तन
भएको एक जना
मानिसलाई भेट्टाउन सकेनन् ।
अन्त्यमा चाल्र्सले उक्त वादविवादको
चुनौतीलाई फिर्ता लिए ।
नास्तिकवादको
निम्ति कस्तो लज्जास्पद उदाहरण
! नास्तिकवादलाई अङ्गालेर जीवन परिवर्तन
भएको एक जना
व्यक्ति पनि ल्याउन
सकिएन । यसको
विपरीत येशू ख्रीष्टको
शिक्षा, उहाँको सर्वोत्तम नमुनादायी
जीवनले आज एक
दुई दर्जनलाई मात्र
होइन; दुई/चार
सय वा हजारलाई
मात्र तर लाखौँ
मानिसलाई सकारात्मक मार्गमा डोर्याएका
छन् । आफ्नो
भौतिक अनुपस्थितिमा पनि
उहाँ परिवर्तन गर्ने
महानतम अगुवा हुनुहुन्छ ।
मानवीय जीवनमा भएको येशूको
नाटकीय प्रभावले उहाँका दाबीहरू
कति साँचा छन्
भनी पुष्टि गर्छन्
। दुई हजार
वर्षको इतिहासमा मानव जीवनमा
येशूले पार्नुभएको सकारात्मक प्रभाव
अतुलनीय छ ।