menu bar

Thursday, June 30, 2016

कुकुरको छायाले तपाईंलाई टोक्न सक्दैन



नास्तिकबाट ख्रीष्टियान बनेका रिचार्ड उम्ब्रान्डले १४ वर्ष लामो जेल जीवन बिताएका थिए मध्य युरोपेली मुलुक रोमानियाको झ्यालखानामा बन्दी जीवन बिताइरहँदा तिनले मण्डलीको एक जना अगुवालाई भेटे जसलाई २२ वर्षको जेल सजाय तोकिएको थियो यो तिनै अगुवाको बारेमा पास्टर उम्ब्रान्डले भनेको कथा हो

ती ख्रीष्टियान अगुवा, तिनकी पत्नी तिनका जना छोराछोरीहरूले बिहानको खाजा खाइरहँदा केही प्रहरीहरू तिनको घरभित्र जबरजस्ती घुसे तिनीहरूले भर्खरै भजनसंग्रह २३ लाई पढेर सिद्धयाएका थिए प्रहरीहरूले अगुवालाई गिरफ्तार गर्दा तिनले भने, “हामीले आज जेको निम्ति प्रार्थना गरेका थियौँ त्यसैलाई पुरा गर्न आउनुभयो तपाईंहरू हामीले भर्खरै पढ्यौँ ... कि परमेश्वरले मेरा शत्रुहरूका सामुन्ने भोज तयार पार्नुहुन्छ हामीसित भोज थियो तर शत्रुहरू थिएनन् अब तपाईंहरू आउनुभएको टेबुलमा भएको कुनै पनि कुरो खान चाहनुहुन्छ भने हामी बाँडचुँड गर्न सक्छौँ परमेश्वरले नै तपाईंहरूलाई पठाउनुभएको हो

कप्तान यसो भन्दै चिच्च्याए, “कसरी तपाईं यस्ता वाहियात कुराहरू गर्न सक्नुहुन्छ ? हामी तपाईंलाई झ्यालखानामा लैजानेछौँ जहाँबाट तपाईं कहिल्यै मुक्त हुनुहुनेछैन तपाईंले आफ्ना छोराछोरीहरूलाई कहिल्यै देख्न पाउनुहुनेछैन

ती अगुवाले भने, “आज हामीले यस विषयमा पनि पढ्यौँ मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि कुनै खतरादेखि डराउनेछैनँ

अफिसर चिच्च्याए, “तपाईं कसरी डराउनुहुन्न ? हरेकलाई मृत्युदेखि डर लाग्छ

अगुवाले नम्रतापूर्वक भने, “छायादेखि डराउनु पर्दैन कुकुरको छायाले तपाईंलाई टोक्न सक्दैन मृत्युको छायाले तपाईंलाई मार्न सक्दैन यी सबै कुराहरू केवल छाया हुन् हामीले अर्को जीवन पाउनेछौँ जुन यस संसारको होइन हामीलाई मार्न सकिन्छ; झ्यालखानामा थुन्न सकिन्छ तर हामीमाथि कुनै खराबी आउनेछैन हामी ख्रीष्टमा छौँ उहाँले हामीलाई अर्को संसारमा लैजानुहुनेछ ”  

Leave Your Comments Here.