menu bar

Thursday, April 23, 2015

सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राहम र परमेश्वरको वचन बाइबल



बिल्ली ग्राहम सर्वश्रेष्ठ प्रचारक हुन् यस धरतीमा सबैभन्दा बढी मानिसहरूलाई येशूको सुसन्देश बाँड्ने प्रभावशाली प्रचारक हुन्, बिल्ली ग्राहम दुई अरबभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाएका ग्राहमका प्रवचनहरू यति प्रभावशाली छन् कि तिनका सन्देशहरूलाई सुनेर झण्डै ३२ लाख मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन्  

तिनले भनेका छन्, “ख्रीष्टाब्द १९४९ को अगस्टमा हरेक कुरोको बारेमा आशङ्काले यसरी भरिएँ कि प्रचारको लागि उभिँदा मैले कुनै कथन बनाउन खोज्दा मैले आफैलाई भन्ने गर्थें: त्यो सत्य होला कि नहोला के मैले त्यसलाई साँच्चै इमान्दारीसाथ भन्न सक्छु ? मेरो सेवाकार्य हराएर गइसकेको

त्यसपछि बाइबल लिएर क्यालिफोर्नियास्थित सियरा नेभाडा पर्वतहरूमा उक्लेँ मैले यसलाई खोलेँ अनि मैले घुँडा टेकेँ मैले बिन्ती चढाएँ, ‘हे पिता, यस पुस्तकमा भएका धेरै कुराहरूलाई बुझ्न सक्दिनँ बौद्धिक रूपमा सबै कुराहरूलाई जान्न सक्दिनँ तर यो आधिकारिक जीवित परमेश्वरबाट प्रेरणा पाएको वचन हो भनी यसलाई विश्वासद्वारा स्वीकार गर्दछु ’” 




Leave Your Comments Here.


Tuesday, April 21, 2015

विश्व प्रसिद्ध बेसबल खेलाडी टाई कोबले मृत्यु शैय्यामा येशूलाई अङ्गाले



टाई कोब अमेरिकाका एक प्रसिद्ध बेसबल खेलाडीको नाउँ हो तिनले जीवनमा ,०३३ ओटा गेम खेले १२ वर्षसम्म तिनले अमेरिकी लिगको नेतृत्व गरे

तिनी क्यान्सरले थलिएर अस्पतालको बेडमा पस्रिन पुगे विलियम नेसबिट तिनको उपचारको निम्ति खटिएका डाक्टर थिए डाक्टरले तिनलाई शारीरिक रूपमा बचाउन नसके तापनि तिनले कोबलाई येशूको प्रेमको बारेमा सुनाए जसले तिनलाई आत्मिक उपचारतर्फ डोर्याएको थियो डाक्टरले लेखेका छन्, “ कोबलाई भेट गर्न जाँदा तिनले मलाई बाइबल पढ्न तिनीसँगै प्रार्थना गर्न अनुरोध गर्थे मैले तिनको आत्मिक भोकलाई महसुस गरेँ जुन परमेश्वरको वचन सुन्ने तिनको ध्यानमा प्रस्ट थियो परमेश्वरले मलाई सुसमाचार बाँड्ने एउटा अद्वितीय अवसर दिनुभएको थियो भनी मैले महसुस गरेँ कोबले मलाई पढ्न अनुरोध गरेका केही खण्डहरूमध्ये भजनसंग्रह ९१ यशैया ५३ थिए

तिनलाई अस्पतालमा भेट्न जाने पास्टर जोन रिचार्डसनले पनि कोबलाई येशूको बारेमा सुनाए कोबसितको भेटघाटबारे पास्टर जोनले पनि लेखेका छन्, “उद्धारको विषयमा परमेश्वरको योजना पश्चात्तापको आवश्यकताबारे मैले बयान गरेँ तिनले आफ्नो पूर्ण भरोसा ख्रीष्टमा राख्न चाहेको प्रतिक्रिया दिए पछिल्ला भेटघाटमा टाई येशू ख्रीष्टको बारेमा कुरा गर्न उत्सुक हुन्थे १७ जुलाई १९६१ को दिन तिनले येशूलाई आफ्नो प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरे त्यही दिन तिनी सदाको निम्ति प्रभुको घरमा प्रस्थान गरे    

Leave Your Comments Here.


Monday, April 20, 2015

रोमन क्याथोलिक पूजाहारीबाट प्रेसबिटेरिएन पास्टरमा परिवर्तन भएका चाल्र्स खिनिक



चाल्र्स खिनिक उन्नाइसौँ शताब्दीका रोमन क्याथोलिक पूजाहारी थिए

एक बिहानको कुरो हो अमेरिकाको कुनै एउटा सहरमा चाल्र्स हजारौँ मानिसहरूको भिडको सामु उपस्थित थिए तिनले भने, “ यस पूजाहारीको पदमा ३० वर्षसम्म रहेको भए तापनि यसबाट राजीनामा दिन्छु

तिनले किन राजीनामा दिन खोजेका थिए भनी भिडले जान्न चाहेपछि तिनले बयान गरे, “गत रात हरेक घन्टा परमेश्वरको प्रशंसा गर्दै बिताएँ मैले मेरा सबै निद्रा हरण भए नयाँ करारलाई पढेपछि उद्धार येशू ख्रीष्टमा पाइन्छ भनी देखेँ मैले , यो परमेश्वरको अनन्त प्रेमको उपहार हो उद्धारको लागि पेनान्स [रोमन क्याथोलिक पादरीको सामु गरिने प्रायश्चित्त] को आवश्यकता छैन यसमा परगेटरी [क्याथोलिक शिक्षाअनुसार मृत्युपश्चात्को अन्तरवर्ती अवस्था] नै पेनान्समा पाइने क्षमा नै यसमा मेरो कोठामा घुँडा टेकेर मैले त्यस उपहारलाई स्वीकार गरेँ अनि यो दिनुहुनेलाई प्रेम गर्दछु मैले आफैलाई यसो भन्दै रातको अधिकांश समय कोठामा हिँडेर बिताएँ, ‘ यस उपहारलाई स्वीकार गर्दछु अनि यो उपहार दिनुहुनेलाई प्रेम गर्दछु ’”

यसरी डेढ घन्टासम्म फादर खिनिकले मानिसहरूलाई परमेश्वरको अनुग्रहको बारेमा वर्णन गरे प्रवचनको अन्त्यमा त्यस उपहारलाई स्वीकार गर्न कति जना राजी छन् भनी तिनले सोधे चालिस जनाबाहेक पुरुष, स्त्रीसाथै बालबालिकाहरू त्यस उपहारलाई स्वीकार गर्न इच्छुक भए त्यसपछि तिनी प्रेरबिटेरिएन मण्डलीको पास्टर बने   

Leave Your Comments Here.


Sunday, April 19, 2015

पाप गर्नदेखि बाहेक अन्य कुनै कुरोदेखि नडराउने जोन ख्रिसोस्टोम



चौथो शताब्दीमा एन्टिओखियामा जन्मेका जोन ख्रिसोस्टोम आदि मण्डलीका एक जना महत्त्वपूर्ण पिता थिए तिनी प्रचारको निम्ति प्रसिद्ध थिए वाक्पटुताको निम्ति कहलिएका जोन रोमी सम्राट्द्वारा गिरफ्तार गरिएपछि सम्राट्ले तिनलाई आफ्नो विश्वास फिर्ता लिनका लागि मनाउन खोजे तर सम्राट् असफल भए तिनलाई के गर्न सकिन्छ भनी सम्राट्ले सल्लाहकारहरूसित परामर्श लिए

सम्राट्ले सल्लाह मागे, “के तिनलाई कालकोठरीमा थुनेर राखूँ ?”

एक जना परामर्शदाताले जवाफ दिए, “हुँदैन तिनी त्यहाँ जान खुसी हुनेछन् तिनी शान्त वातारणको चाह गर्छन् जहाँ तिनी आफ्नो परमेश्वरको कृपामा रमाउन सक्छन्

त्यसो भए, तिनलाई फाँसी दिइनुपर्छ !”, सम्राट्ले भने

उत्तर आयो, “हुँदैन तिनी मर्न पनि खुसी हुनेछन् मृत्युको क्षणमा तिनी आफ्नो प्रभुको उपस्थितिमा हुनेछन् भनी तिनले घोषणा गरेका छन्

त्यसो भए हामीले के गर्ने ?”, शासकले सोधे

सल्लाहकारले भने, “एउटै मात्र कुरो जसले ख्रिसोस्टोमलाई दर्द दिन्छ तिनलाई यातना दिनुछ भनी तिनलाई पाप गर्न लगाउनुस् तिनी पाप गर्नदेखि बाहेक अन्य कुनै कुरोदेखि डराउँदैनन् ”    

Leave Your Comments Here.


Saturday, April 18, 2015

आत्महत्या गर्न हिँडेका नामुद जँड्याहा येशूलाई पाएपछि मिसन निर्देशक बने



तिनको नाउँ होमेल ट्रोटर अमेरिकामा जन्मेका ट्रोटर नामुद जँड्याहा थिए तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद छैन होला दुई वर्षको आफ्नो छोरोको निधन भएपछि छोरोको मृत्युको कारण आफै नै भएको महसुस गरी तिनले आत्महत्या गर्ने सोच बनाए

१९ जनवरी १८९७ को मिति थियो डुबेर आत्महत्या गर्ने हेतुले तिनी लेक मिचिगन नामक तलाउमा हाम्फाल्न अगाडि बढ्दै थिए तर तिनी लडखडाउँदै पेसिफिक गार्डेन मिसनको ढोकामा पुगे त्यहाँ ह्यारी मुन्रेले सङ्गीत अगुवाइ गर्दै थिए नसाले हल्लिँदै आएको मान्छेलाई देखेपछि तिनले गाउन छाडी यसो भने, “आउनुस्, हामी प्रार्थना गरौँ हे परमेश्वर, यस दरिद्र केटोलाई बचाइदिनुहोस् सेवाको अन्त्यमा मुन्रेले यसो भन्दै निमन्त्रणा दिए, “येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ पनि तपाईंलाई प्रेम गर्दछु ट्रोटरले आफ्नो हात उठाए अनि तिनी अगाडि बढे प्रार्थनाको अगुवाइ खोजे त्यस दिन ट्रोटरले आफ्नो जीवन प्रभु येशूमा सुम्पे   

तिनको परिवर्तनको तिन वर्षपश्चात् केही व्यापारीहरूको निमन्त्रणामा ट्रोटर मुन्रेसँगै मिचिगन गए जहाँ ती व्यापारीहरूले रेस्क्यु मिसन सुरु गर्न खोजेका थिए छक्क पार्ने कुरो के भने ती भूतपूर्व पियक्कड ट्रोटर नै त्यस मिसनको निर्देशकको रूपमा छानिए जहाँ तिनले आफ्नो जीवनको पछिल्ला ४० वर्ष बिताए  

मिसन सुरु गरियो मानिसहरूको भिड लाग्यो त्यस मिसनमार्फत कैयौँ मानिसहरूको आत्मा बाँचे; जीवनमा रूपान्तरण आयो; विच्छेद भएका परिवारहरूको पुर्नमिलन भयो आफ्नो जीवनको आखिरी घडीसम्म आइपुग्दा ट्रोटर एक अद्वितीय व्यक्तित्व बनिसकेका थिए

यसरी जीवनदेखि विरक्तिएर आत्महत्या गर्न हिँडेका जँड्याहाले जब येशू ख्रीष्टलाई पाए तिनको जीवन मात्र बद्लेन तर तिनीमार्फत अन्य कैयौँले पनि नयाँ जीवन पाए

Leave Your Comments Here.


Thursday, April 16, 2015

बाइबलको विवरणले गर्दा तेल खानी पत्ता लाग्यो



बाइबलीय विववरणअनुसार सदोम गमोरा दुई ओटा सहरका नाउँ हुन् जसमाथि परमेश्वरको न्याय परेको थियो परमेश्वरले आकाशबाट आगो गन्धक बर्साउनुभई यी दुवै सहरलाई नष्ट गरिदिनुभयो (उत्पत्ति १९:२४) दुवै सहरको विनाशपश्चात् पितामह अब्राहामले उक्त जग्गालाई हेर्दा धुवाँ माथितिर गइरहेको थियो भनी मोशाले लेखेका छन्, “ त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे” (उत्पत्ति १९:२८)  

केही वर्षअगि जिएल फेडेरम्यान नाउँ गरेका इस्राएली व्यापारी बाइबलमा अभिलिखित सदोम गमोराको विनाशबारे भएको विवरणमाथि घोत्लिन थाले विवरणलाई अध्ययन गरेपछि त्यस जमिनमुनि ग्याँस हुनुपर्छ भनी तिनले अनुमान लगाए ग्याँस हुनुको अर्थ त्यहाँ तेल हुनु हो पछि अनुसन्धान गर्दा तिनको अनुमान सत्यतामा परिणत भयो त्यहाँ वास्तवमै तेल खानी पत्ता लाग्यो   

Leave Your Comments Here.


Wednesday, April 15, 2015

गारफिल्डलाई सिकाइएको नियम


अमेरिकाका बिसौँ राष्ट्रपतिको नाउँ होजेम्स . गारफिल्ड तिनी जवान छँदा तिनका एक जना पाका मित्रले तिनलाई केही व्यक्तिगत सिद्धान्तहरू दिए जसलाई तिनले आफ्नो जीवनको अन्तिम क्षणसम्म याद गरे ती सिद्धान्तहरू यस्ता थिए:
  • कहिल्यै अल्छि नबन्नुस्
  •  थोरै प्रतिज्ञाहरू गर्नुस्
  • सधैँ साँचो बोल्नुस्
  • आफ्नो आयभित्र जिउनुस्
  • कसैको बारेमा कहिल्यै खराबी नबोल्नुस्
  •  कि असल साथी बनाउनुस् नभए बनाउँदै नबनाउनुस्
  • आफ्ना वाचाहरू पुरा गर्नुस्
  • कहिल्यै जुवा नखेल्नुस्
  •  मादक पदार्थहरू नपिउनुस्
  • असल चरित्र सबै कुरोभन्दा माथि हुन्छ
  • तपाईंको कुनै गोप्य कुरा भने त्यसलाई आफैसँग राख्नुस्
  • सम्भव भएसम्म कहिल्यै सापट नमाग्नुस्
  • आफ्नी पत्नीलाई सहयोग गर्न सक्ने अवस्थासम्म नआउञ्जेल कहिल्यै विवाह नगर्नुस्
  • जब तपाईं कुनै व्यक्तिसँग कुराकानी गर्नुहुन्छ भने उसको आँखामा हेर्नुस्
  • बुढेसकालमा खर्च गर्नको लागि जवान छँदै वचत गर्नुस्
  • तपाईंले तिर्ने कुनै उपाय नदेखुञ्जेलसम्म कहिल्यै ऋण नलिनुस्
  • असल मित्र असल बातचित सद्गुणका तागत हुन्
  •  तपाईंको आफ्नै क्रियाकलापबाहेक अन्य कुनै कुरोद्वारा तपाईंको चरित्रलाई तत्वत्त: केहीले हानि गर्न सक्दैन
  •  यदि कसैले तपाईंको विरुद्धमा खराबी बोल्छ भने तपाईंको जीवनले नै उसको भनाइलाई अप्रमाणित गरोस्
  •  राती सुत्दा दिनभरि गरेको कामबारे सोच्नुस्
  • तपाईंका हातलाई राम्ररी प्रयोग गर्न सकिँदैन भने तपाईंको मनको संस्कृतिलाई ध्यान दिनुस्
  • माथिका कुराहरूलाई होसियारीपूर्वक ध्यान दिएर पढ्नुस्, कम्तिमा हप्ताको एक चोटि




Leave Your Comments Here.