उन्नाइसौँ
शताब्दीको विश्वासका नायक हुन्
जर्ज मुलर ।
तिनले आफ्नो जीवनकालमा
दस हजारभन्दा बेसी
अनाथहरूको हेरचाह गरे ।
तिनले ११७ ओटा
स्कुलको पनि स्थापना
गरे जसमा एक
लाखभन्दा बढी केटाकेटीहरूले
पढ्ने मौका पाएका
थिए । तिनी
निकै व्यस्त प्रचारक
पनि थिए ।
तिनले
भनेका छन्, “परमेश्वरको
वचनको लागि मैले
समय बिताइनँ भने
म त्यस दिनलाई
गुमेको दिनको रूपमा हेर्छु
। मित्रहरू प्राय:
भन्ने गर्छन्, ‘मैले
गर्नुपर्ने काम धेरै
छ; मैले धेरै
मानिसहरूसित भेटघाट गर्नुछ; धर्मशास्त्र
अध्ययनको लागि म
समय निकाल्नै सक्दिनँ
।’ सायद मभन्दा
व्यस्त मानिसहरू धेरै जना
छैनन् । आधा
शताब्दीभन्दा बेसी समयसम्म
एक दिन पनि
मैले यसरी कटाएको
याद छैन जुन
दिन म व्यस्त
भइनँ । चार
वर्षसम्म वार्षिक रूपमा मैले
३०,००० ओटा
पत्र पाउँथे र
अधिकांश पत्रहरू मेरो हातमा
पर्थे ।
“यति
मात्र होइन, म
मण्डलीको पास्टर पनि थिएँ
जसमा १,२००
विश्वासीहरू थिए ।
मैले होसियारीपूर्वक तिनीहरूको
रेखदेख गर्थें । यसका
अतिरिक्त मैले ५
ओटा विशाल अनाथालयको
रेखदेख गर्थें । मेरो
प्रकाशन गोदाममा लाखौँको सङ्ख्यामा
पर्चाहरू, पुस्तकहरू र बाइबलहरू
थिए । तरै
पनि केही समय
परमेश्वर र उहाँको
वचनको लागि समय
नबिताएसम्म मैले आङ्खनो
काम सुरु नगर्ने
नियम बनाएको छु
। मैले प्राप्त
गरेको आशिष् उदेकको
छ ।”