एउटा
मुख्य विश्वविद्यालयमा नीतिशास्त्र
पढाउने प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई नीतिशास्त्रसम्बन्धी
कुनै एउटा विषय
रोजेर त्यसबारे शोधपत्र
लेख्न अनुरोध गरे
। विद्यार्थीहरूले आ–आफ्नो शोधपत्रलाई कारणसहित
उचित प्रकारले समर्थन
गर्नुपथ्र्यो । एक
नास्तिकवादी विद्यार्थीले नैतिक सापेक्षवादको विषयमा
धाराप्रवाह रूपमा लेख्यो ।
उसको तर्क थियो,
“सबै नैतिक नियम
सापेक्ष छन् ।
सच्याइ वा न्यायको
कुनै निरपेक्ष मापदण्ड
छैन । यो
आ–आफ्नो विचारको
कुरो हो ।
तपाईंलाई चक्लेट मन पर्छ,
मलाई फलफुल मन
पर्छ ।” कारणहरूले
भरिपूर्ण शोधपत्रलाई उसले नीलो
रङको फाइलमा राखेर
आफ्ना प्राध्यापकलाई बुझायो
। सम्पूर्ण शोधपत्र
पढिसकेपछि प्राध्यापकले मुख पृष्ठमा
लेखे, “असफल ! मलाई नीलो
रङको फाइल मन
पर्दैन ।”
त्यस
विद्यार्थीले आफ्नो शोधपत्र फिर्ता
पाइसकेपछि ऊ बेसरी
रिसायो । ऊ
प्राध्यापकको कार्यालयमा गयो र
गुनासो गर्न थाल्यो,
“यो उचित होइन,
यो ठिक भएन,
यसमा न्याय छैन
। शोधपत्रमा लेखिएका
कुराहरूको आधारमा तपाईंले अङ्क
दिनुभएन ।”
प्राध्यापकले
शान्त भएर जवाफ
दिए, “मैले धेरै
शोधपत्र पढेँ ।
सच्याइ छैन भनी
बताउने शोधपत्र तिम्रो नै
होइन र ?”
विद्यार्थीले
जवाफ दियो, “हो
।”
प्राध्यापकले
फेरि भने, “मैले
न्याय गरिनँ, मैले
ठिक गरिनँ, मैले
उचित गरिनँ भनी
तिमीले बताउनुको अर्थचाहिँ के
हो त ?” प्राध्यापकले
अझै थपे, “कसैलाई
चक्लेट मन पर्छ
भने कसैलाई फलफुल
मन पर्छ भनी
के तिम्रो शोधपत्रले
तर्क गर्दैन र
?”
विद्यार्थीले
पुन: जवाफ फर्कायो,
“हो, त्यही नै
मेरो राय हो
।”
प्राध्यापकले
जवाफ दिए, “मलाई
नीलो रङ मन
पर्दैन, त्यसैले तिमी फेल
भयौ ।”
अकस्मात्
उसको दिमागमा केही
नाच्न थाल्यो ।
उसले नैतिक मापदण्डहरूमा
विश्वास गरेको रहेछ भनी
उसले महसुस गर्न
थाल्यो । कम
से कम उसले
न्यायमाथि विश्वास गर्दोरहेछ ।
नीलो रङकै कारणले
प्राध्यापकले उसलाई फेल गराएको
हुनाले उसले प्राध्यापकलाई
अन्याय भयो भनी
आरोप लगाउँदै थियो
। एउटा सामान्य
सत्यताले सापेक्षवादप्रति उसको पुरै
मुद्दालाई पराजित गर्यो ।