धेरै
रोमी सम्राट्हरूले ख्रीष्टियमतलाई
निमिट्यान्न पार्ने कोसिस गरे
। तीमध्ये एक
थिए— डायोक्लिसन ।
तिनले ख्रीष्टाब्द २८४–३०५ सम्म
शासन गरेका थिए
। ख्रीष्टियान विश्वासलाई
निर्मूलन पार्न तिनले घातक
आक्रमण गरे ।
तिनले क्रूरतापूर्वक कैयौँ
ख्रीष्टियानहरूको ज्यान लिए; कैयौँ
बाइबल धर्मशास्त्र नष्ट
पारे; मण्डली भवनहरू
भत्काइदिए; धेरै ख्रीष्टियानहरूलाई
जबरजस्ती खानीहरूमा काम गर्न
बाध्य पारे र
स्त्रीहरूलाई वेश्यागमनमा होमिदिए ।
तिनले निकालेको घोषणामुबताबिक
ख्रीष्टियानहरू सेवाको लागि जम्मा
हुन नमिल्ने भयो
। धेरै विश्वासीहरू
भूमिगत बने ।
सम्राट्लाई लाग्यो कि सतावटको
कारणले ख्रीष्टियानहरू मासिए । त्यसैले
तिनले एउटा पदक
निकाले जसमा लेखिएको
थियो, “ख्रीष्टियान विश्वास नष्ट
भएको छ र रोमी देवताहरूको
पूजाको पुनस्थापना गरिएको छ
।”
तर
केही वर्षपछि कन्स्टेन्टाइन
रोमको सम्राट् बने
जसले ख्रीष्टियमतलाई राष्ट्रिय
धर्मको रूपमा उभ्याइदिए ।
कन्स्टेन्टाइन महान्लाई रोमको पहिलो
ख्रीष्टियान सम्राट्को रूपमा उल्लेख
गरिएको पाइन्छ ।
यसरी
केही वर्षअगि मात्रै
ख्रीष्टियमतलाई विनाश गरिएको दाबी
गरिएको भए तापनि
त्यस दाबीको केही
वर्ष बित्न नपाउँदै
ख्रीष्टियान विश्वास राष्ट्रिय धर्मको
रूपमा स्थापित भएको
थियो । न ख्रीष्टियान विश्वासलाई निमिट्यान्न
पार्न सकियो न
यसको धर्मशास्त्रलाई जस्तो
बाइबलमा लेखिएको छ, “घाँस
ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर
हाम्रा परमेश्वरको वचन सधैँभरि
अटल रहनेछ” (यशैया
४०:८) ।