डिसेम्बर
८, २०१०
आज आफ्नै कहानी लिएर
आएको छु ।
हिजो
बेलुकासम्म फोन नआएकोले
म अलि चिन्तित
थिएँ । पास्टर
विशाल सुब्बाले चार
पटक फोन गरेर
मलाई निमन्त्रणा दिइसक्नुभएको
थियो, वचनको लागि
। मैले उहाँसँग
फोन सम्पर्क गर्ने
प्रयास गरेँ तर
सम्भव भएन ।
म सुत्ने तरखरमा
थिएँ । मोबाइलको
घण्टी बज्यो, अनुमानसहित
मैले फोन उठाएँ
। फोन उहाँले
नै गर्नुभएको रहेछ
। उहाँले भन्नुभयो,
“भोली बिहान हामी
साँढे नौ बजेतिर
त्रिपुरेश्वरको दाहिनेपट्टि अवस्थित पेट्रोलपम्पमा
भेटौँ ।” उहाँलाई
मैले कहिल्यै देखेको
थिइनँ तर उहाँले
मलाई भने हाम्रो आशिष् पत्रिकामार्फत चिन्नुभएको रहेछ ।
मनमा
विभिन्न कौतुहुलता र जिज्ञासासहित
म पल्टेँ ।
भोलिपल्ट दैनिक बिहानी क्रियाकलाप
सकेपछि मोटरबाइक लिएर म
तोकिएको ठाउँमा पुगेँ ।
केहीबेर कुरेपछि एक जना
टाइकोट लगाएको दाजुले “तपाईं
कमल अधिकारी” भनेपछि
उहाँले आफू विशाल
सुब्बा भएको बताउनुभयो
। उहाँ नै
मैले प्रतीक्षा गरेको
व्यक्ति हुनुहुन्थ्यो ।
दुई
ओटा बन्दीगृह (झ्यालखाना)
मा गई ख्रीष्टमसको
अवसरमा विशेष कार्यक्रम गर्ने
योजना बनाइएको थियो
। हामीलाई मोबाइल,
सिमकार्ड, क्यामराजस्ता वस्तुहरू लान दिइएन
। बाइबल र
वचन लेखिएको पेपर
लिई म उहाँहरूसँगै
अगाडि बढेँ र
जीवनमा पहिलो पटक बन्दीगृहमा
वक्ताको रूपमा प्रवेश गर्दै
थिएँ । हामी
जम्मा सात जना
थियौँ । पहिले
हामी केन्द्रिय कारागारमा
गयौँ जहाँ हामीलाई
योजनामुताबिक कार्यक्रम सञ्चालन गर्न
दिइएन । हाम्रो
योजना बाहिर नै
कार्यक्रम गर्नुथियो । तर
नपाएपछि त्यहाँ भित्र रहेको
जिवन
ज्योति
गस्पेल
चर्चमा नै
हामीले सङ्गति गर्यौँ ।
पास्टर
विशाल सुब्बाले सञ्चालन
गर्नुभएको उक्त सङ्गतिमा
लगभग ४० जनाको
उपस्थिति थियो ।
कति विश्वासी थिए
भने कति अविश्वासी
। पास्टर रेशम
राज पौडेलले वचन
बाँड्नुभयो भने मलाई
आफ्नो गवाही बाँड्ने
अवसर मिलेको थियो
। हामी बाहिरबाट
गएकामध्ये चार जना
पात्रहरूले सहभागिता जनाएको “पाप”
शीर्षकको लघु नाटक
ज्यादै रोमाञ्चकारी र शिक्षामूलक
थियो । छुट्टै
आनन्दले भरिपूर्ण उक्त सङ्गतिको
समाप्तिपछि हामीले चियापान गर्यौँ
। र, त्यहाँका
मित्रहरूले हामीलाई त्यहीँभित्र भएको
एउटा सानो होटलमा
लैजानुभयो जहाँ हामीले
चाउमिन खायौँ ।
करिब
१ बजेतिर हामी
दोस्रो बन्दीगृहमा प्रस्थान गर्यौँ
जुन नजिकै थियो
। केही विश्वासीहरू
हामीलाई ढोकासम्म लिन आएका
थिए । पास्टर
विशाल सुब्बाले सञ्चालन
गर्नुभएको उक्त कार्यक्रममा
मलाई वक्ताको रूपमा
निमन्त्रणा थियो ।
लगभग २०० जनाको
उपस्थितिमा मैले बाइबलको
प्रभावकारित र येशूले
ल्याउन सक्नुहुने परिवर्तनलाई मुख्य
विषय बनाई प्रचार
गरेको थिएँ ।
हामीलाई हतार भएकोले
हामीले त्यहाँ चियापान गर्न
सकेनौँ । हामीलाई
भेट्नको लागि सीमित
समय दिइएको थियो
। कार्यक्रम सकेपछि
हामी फक्र्यौँ ।
यसरी जीवनमा पहिलो
पटक जेलमा गएर
प्रचार गर्न पाएकोले
मैले आफैलाई भाग्यमानी
सम्झेँ ।