menu bar

Monday, April 13, 2015

तपाईंको विश्वस्तता महान् छ



५८६ ख्रीष्टपूर्वमा यरूशलेमको विनाश भएपछि लेखकले शोकाकुल आवाजमा कवितात्मक शैलीमा व्यक्त गरेको गीत हो विलापको पुस्तक विलाप :२२२३ मा लेखिएको , “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ तपाईंको विश्वस्तता महान् यस खण्डले एक जना रचनाकारलाई एउटा सुमधर भजन लेख्न प्रेरित गरेको ती भजन लेखक हुन्थोमस ओबदिया खिजम तिनले रचेका चर्चित भजनहरूमध्ये एउटा भजनको शीर्षक नै माथि उल्लिखित खण्डको अन्तिम वाक्यबाट बनेको : तपाईंको विश्वस्तता महान् निकै लोकप्रिय यस भजनलाई तिनले ख्रीष्टाब्द १९२३ मा सन्ताउन्न वर्षको उमेरमा रचेका थिए

थोमसको जन्म उन्नाइसौँ शताब्दीमा अमेरिकामा काठले बनेको घरमा भएको थियो तिनी १६ वर्षको उमेरमा आफू पढेकै स्कुलमा शिक्षक बने डा. हेन्री सी. मोरिसनद्वारा नेतृत्व गरिएको जागृति सभामा २७ वर्षको उमेरमा तिनले प्रभु येशूलाई पाए कलेज वा सेमिनारीको शिक्षाविना नै ३६ वर्षको उमेरमा तिनी ख्रीष्टियान सेवक बने तिनले एक वर्षसम्म मेथोडिस्ट सेवकको रूपमा रही प्रभुको सेवा गरे तर तिनको कमजोर स्वास्थ्यको कारणले तिनले उक्त सेवालाई निरन्तरता दिन सकेनन्    

पछि तिनले विमा कम्पनी खोले तापनि धेरै पैसा भने कमाउन सकेनन् तर तिनले परमेश्वरको त्यस विश्वस्ततालाई भने वास्तवमै अनुभव गरे कविता लेख्न सौखिन थोमसले जीवन कालमा ,२०० ओटाभन्दा बेसी कविता लेखे

Leave Your Comments Here.