प्रचारकहरूका
राजकुमार भनेर चिनिने
चाल्र्स स्परजिन उन्नाइसौँ शताब्दीका
प्रखर वक्ता थिए
। तिनले आफ्ना
हजुरबुबा जेम्सको बारेमा भनेको
कथा हो यो
।
“तिनको
एउटा ठुलो परिवार
थियो तर आयस्रोत
भने कम थियो
। तरै पनि
तिनले आफ्नो प्रभुलाई
प्रेम गर्थे र
कुनै पनि अवस्थामा
तिनले प्रचारको कामलाई
त्याग्दैनथ्ये ।” एक
दिनको कुरो हो
। तिनीहरूको घरमा
भएको गाई अकस्मात्
मर्यो
। केटाकेटीहरू दुधको
लागि त्यही गाईमा
भर पर्थे ।
जेम्स स्परजिनकी पत्नी
निकै चिन्तित भइन्
तर पतिले यसो
भन्दै सान्त्वना दिए,
“परमेश्वरले जुटाउनुहुनेछ भनी उहाँले
भन्नुभएको छ ।
उहाँलाई इच्छा लाग्यो भने
उहाँले पचास ओटा
त्यस्ता गाईहरू पठाउन सक्नुहुन्छ
भन्ने मेरो विश्वास
छ ।”
त्यही
दिन लन्डनमा केही
मानिसहरू जम्मा हुँदै थिए
। ती मानिसहरूको
समूहलाई जेम्स स्परजिनले चिन्दैनथ्ये
। तिनीहरूले गरिब
पास्टरहरूका आवश्यकताहरू परिपूर्ति गर्न
खोज्दै थिए ।
तिनीहरूले धेरै पैसा
उठाएर विभिन्न पास्टरहरू
र तिनीहरूका परिवारहरूलाई
पठाउन थाले ।
तिनीहरूले सोचेका सबै पास्टरहरूलाई
दिइसकेपछि पनि तिनीहरूसँग
पाँच पाउन्ड (आधुनिक
सटहीअनुसार लगभग साँढे
सात सय नेपाली
रुपियाँ) उब्रेको थियो ।
एक जनाले त्यो
बाँकी पैसा जेम्स
स्परजिनलाई पठाइदिन सुझाव दियो
। अर्कोले थप्यो,
“पाँच पाउन्ड मात्र
नपठाऔँ । म
यसमा अर्को पाँच
पाउन्ड थपिदिन्छु ।” अरूले
पनि त्यसमा थप्यो
। तिनको गाई
मरेको भोलिपल्ट जेम्स
स्परजिनले खाममा बिस पाउन्ड
प्राप्त गरे !
यसरी
परमेश्वरले जेम्स स्परजिनको आवश्यकतालाई
जुटाइदिनुभयो । प्रेरित
पावलले लेखेका छन्, “मेरा
परमेश्वरले आफ्नो महिमामा उहाँको
सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो
ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ”
(फिलिप्पी ४:१९)
।