टाई
कोब अमेरिकाका एक
प्रसिद्ध बेसबल खेलाडीको नाउँ
हो । तिनले
जीवनमा ३,०३३
ओटा गेम खेले
र १२ वर्षसम्म
तिनले अमेरिकी लिगको
नेतृत्व गरे ।
तिनी
क्यान्सरले थलिएर अस्पतालको बेडमा
पस्रिन पुगे ।
विलियम नेसबिट तिनको उपचारको
निम्ति खटिएका डाक्टर थिए
। डाक्टरले तिनलाई
शारीरिक रूपमा बचाउन नसके
तापनि तिनले कोबलाई
येशूको प्रेमको बारेमा सुनाए
जसले तिनलाई आत्मिक
उपचारतर्फ डोर्याएको थियो ।
डाक्टरले लेखेका छन्, “म
कोबलाई भेट गर्न
जाँदा तिनले मलाई
बाइबल पढ्न र
तिनीसँगै प्रार्थना गर्न अनुरोध
गर्थे । मैले
तिनको आत्मिक भोकलाई
महसुस गरेँ जुन
परमेश्वरको वचन सुन्ने
तिनको ध्यानमा प्रस्ट
थियो । परमेश्वरले
मलाई सुसमाचार बाँड्ने
एउटा अद्वितीय अवसर
दिनुभएको थियो भनी
मैले महसुस गरेँ
। कोबले मलाई
पढ्न अनुरोध गरेका
केही खण्डहरूमध्ये भजनसंग्रह
९१ र यशैया
५३ थिए ।”
तिनलाई
अस्पतालमा भेट्न जाने पास्टर
जोन रिचार्डसनले पनि
कोबलाई येशूको बारेमा सुनाए
। कोबसितको भेटघाटबारे
पास्टर जोनले पनि लेखेका
छन्, “उद्धारको विषयमा
परमेश्वरको योजना र पश्चात्तापको
आवश्यकताबारे मैले बयान
गरेँ । तिनले
आफ्नो पूर्ण भरोसा
ख्रीष्टमा राख्न चाहेको प्रतिक्रिया
दिए । पछिल्ला
भेटघाटमा टाई येशू
ख्रीष्टको बारेमा कुरा गर्न
उत्सुक हुन्थे ।” १७
जुलाई १९६१ को
दिन तिनले येशूलाई
आफ्नो प्रभु र
मुक्तिदाताको रूपमा स्वीकार गरे
र त्यही दिन
तिनी सदाको निम्ति
प्रभुको घरमा प्रस्थान
गरे ।