अमेरिकाका
बिसौँ राष्ट्रपतिको नाउँ
हो— जेम्स ए.
गारफिल्ड । तिनी
जवान छँदा तिनका
एक जना पाका
मित्रले तिनलाई केही व्यक्तिगत
सिद्धान्तहरू दिए जसलाई
तिनले आफ्नो जीवनको
अन्तिम क्षणसम्म याद गरे
। ती सिद्धान्तहरू
यस्ता थिए:
- कहिल्यै अल्छि नबन्नुस् ।
- थोरै प्रतिज्ञाहरू गर्नुस् ।
- सधैँ साँचो बोल्नुस् ।
- आफ्नो आयभित्र जिउनुस् ।
- कसैको बारेमा कहिल्यै खराबी नबोल्नुस् ।
- कि असल साथी बनाउनुस् नभए बनाउँदै नबनाउनुस् ।
- आफ्ना वाचाहरू पुरा गर्नुस् ।
- कहिल्यै जुवा नखेल्नुस् ।
- मादक पदार्थहरू नपिउनुस् ।
- असल चरित्र सबै कुरोभन्दा माथि हुन्छ ।
- तपाईंको कुनै गोप्य कुरा छ भने त्यसलाई आफैसँग राख्नुस् ।
- सम्भव भएसम्म कहिल्यै सापट नमाग्नुस् ।
- आफ्नी पत्नीलाई सहयोग गर्न सक्ने अवस्थासम्म नआउञ्जेल कहिल्यै विवाह नगर्नुस् ।
- जब तपाईं कुनै व्यक्तिसँग कुराकानी गर्नुहुन्छ भने उसको आँखामा हेर्नुस् ।
- बुढेसकालमा खर्च गर्नको लागि जवान छँदै वचत गर्नुस् ।
- तपाईंले तिर्ने कुनै उपाय नदेखुञ्जेलसम्म कहिल्यै ऋण नलिनुस् ।
- असल मित्र र असल बातचित सद्गुणका तागत हुन् ।
- तपाईंको आफ्नै क्रियाकलापबाहेक अन्य कुनै कुरोद्वारा तपाईंको चरित्रलाई तत्वत्त: केहीले हानि गर्न सक्दैन ।
- यदि कसैले तपाईंको विरुद्धमा खराबी बोल्छ भने तपाईंको जीवनले नै उसको भनाइलाई अप्रमाणित गरोस् ।
- राती सुत्दा दिनभरि गरेको कामबारे सोच्नुस् ।
- तपाईंका हातलाई राम्ररी प्रयोग गर्न सकिँदैन भने तपाईंको मनको संस्कृतिलाई ध्यान दिनुस् ।
- माथिका कुराहरूलाई होसियारीपूर्वक र ध्यान दिएर पढ्नुस्, कम्तिमा हप्ताको एक चोटि ।