समुएल
एल. क्लेमेन्स अमेरिकाका
प्रतिभावान् लेखकसाथै हास्य कलाकार
थिए । मार्क
ताइवानको रूपमा बढी परिचित
तिनले ख्रीष्टियमतलाई घृणा
गर्थे । बाइबलमाथि
विश्वास गर्नेहरूलाई तिनले उपहास
गर्थे ।
एक
पटक ओलिभिया ल्याङ्गडोन
नाम गरेकी केटीसित
तिनको भेट भयो
जसलाई तिनले मन
परायो । ती
केटी एउटा राम्रो
ख्रीष्टियान परिवारकी सदस्य थिइन्
। पछि तिनीहरूको
बिचमा विवाह भयो
।
विवाहपश्चात्
ताइवानले फेरि ख्रीष्टियान
विश्वासको खुलेरै निन्दा गर्न
थाले । धेरै
समय बित्न नपाउँदै
पत्नीमाथि पतिको प्रभाव पर्यो
र ओलिभिया मण्डली
जान छाडिन् ।
तर नतिजा के
भयो ? ताइवानको परिवार
दु:खको भुमरीमा
फस्यो; तिनीहरूले ठुलो आर्थिक
हानि बेहोर्नुपर्यो र
आफ्नी प्रिय छोरी
गुमाउनुपर्यो
। शोकमा डुबेकी
आफ्नी पत्नीलाई ताइवानले
एक पटक यसो
भन्दै सान्त्वना दिन
खोजे, “लिवी, यदि तिमीलाई
आफ्नो विश्वासमा भर
पर्दा सान्त्वना मिल्छ
भने त्यसै गर
।” उनको जवाफ
थियो, “मेरो त्यो
विश्वास गुमिसकेको छ ।”
किताब,
सङ्गीत, सामाजिक सञ्जाल, टेलिभिजन
आदिजस्ता हाम्रावरिपरि भएका वस्तुहरूले
हाम्रो जीवनमा औधी प्रभाव
पारेका हुन्छन् । त्यसैले
सोलोमनले चेताउनी दिएका छन्,
“दुष्ट मानिसहरूको डाह नगर्,
तिनीहरूसँग सङ्गत गर्न इच्छा
नगर्, किनभने तिनीहरूको
ह्दयले उपद्रव रच्दछ, र
तिनीहरूका ओठले झमेला
ल्याउने कुरा गर्दछ”
(हितोपदेश २४:१–२) ।