चाल्र्स
खिनिक उन्नाइसौँ शताब्दीका
रोमन क्याथोलिक पूजाहारी
थिए ।
एक
बिहानको कुरो हो
। अमेरिकाको कुनै
एउटा सहरमा चाल्र्स
हजारौँ मानिसहरूको भिडको सामु
उपस्थित थिए ।
तिनले भने, “म
यस पूजाहारीको पदमा
३० वर्षसम्म रहेको
भए तापनि म
यसबाट राजीनामा दिन्छु
।”
तिनले
किन राजीनामा दिन
खोजेका थिए भनी
भिडले जान्न चाहेपछि
तिनले बयान गरे,
“गत रात हरेक
घन्टा परमेश्वरको प्रशंसा
गर्दै बिताएँ मैले
। मेरा सबै
निद्रा हरण भए
। नयाँ करारलाई
पढेपछि उद्धार येशू ख्रीष्टमा
पाइन्छ भनी देखेँ
मैले । र,
यो परमेश्वरको अनन्त
प्रेमको उपहार हो ।
उद्धारको लागि पेनान्स
[रोमन क्याथोलिक
पादरीको सामु गरिने
प्रायश्चित्त] को आवश्यकता
छैन न त यसमा परगेटरी
[क्याथोलिक शिक्षाअनुसार मृत्युपश्चात्को
अन्तरवर्ती अवस्था] नै
छ न त पेनान्समा पाइने क्षमा
नै छ यसमा
। मेरो कोठामा
घुँडा टेकेर मैले
त्यस उपहारलाई स्वीकार
गरेँ अनि यो
दिनुहुनेलाई म प्रेम
गर्दछु । मैले
आफैलाई यसो भन्दै
रातको अधिकांश समय
कोठामा हिँडेर बिताएँ, ‘म
यस उपहारलाई स्वीकार
गर्दछु अनि यो
उपहार दिनुहुनेलाई प्रेम
गर्दछु ।’”
यसरी
डेढ घन्टासम्म फादर
खिनिकले मानिसहरूलाई परमेश्वरको अनुग्रहको
बारेमा वर्णन गरे ।
प्रवचनको अन्त्यमा त्यस उपहारलाई
स्वीकार गर्न कति
जना राजी छन्
भनी तिनले सोधे
। चालिस जनाबाहेक
पुरुष, स्त्रीसाथै बालबालिकाहरू त्यस
उपहारलाई स्वीकार गर्न इच्छुक
भए । त्यसपछि
तिनी प्रेरबिटेरिएन मण्डलीको
पास्टर बने ।