menu bar

Saturday, April 18, 2015

आत्महत्या गर्न हिँडेका नामुद जँड्याहा येशूलाई पाएपछि मिसन निर्देशक बने



तिनको नाउँ होमेल ट्रोटर अमेरिकामा जन्मेका ट्रोटर नामुद जँड्याहा थिए तिनी मादक पदार्थ सेवनको लतमा यसरी फसेका थिए कि रक्सी किन्न तिनले आफ्नो सानो छोरोको जुत्तासमेत बेचिदिन्थे तिनले रक्सी सेवन नगर्ने कसम कतिपल्ट खाए तिनी आफैलाई याद छैन होला दुई वर्षको आफ्नो छोरोको निधन भएपछि छोरोको मृत्युको कारण आफै नै भएको महसुस गरी तिनले आत्महत्या गर्ने सोच बनाए

१९ जनवरी १८९७ को मिति थियो डुबेर आत्महत्या गर्ने हेतुले तिनी लेक मिचिगन नामक तलाउमा हाम्फाल्न अगाडि बढ्दै थिए तर तिनी लडखडाउँदै पेसिफिक गार्डेन मिसनको ढोकामा पुगे त्यहाँ ह्यारी मुन्रेले सङ्गीत अगुवाइ गर्दै थिए नसाले हल्लिँदै आएको मान्छेलाई देखेपछि तिनले गाउन छाडी यसो भने, “आउनुस्, हामी प्रार्थना गरौँ हे परमेश्वर, यस दरिद्र केटोलाई बचाइदिनुहोस् सेवाको अन्त्यमा मुन्रेले यसो भन्दै निमन्त्रणा दिए, “येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ पनि तपाईंलाई प्रेम गर्दछु ट्रोटरले आफ्नो हात उठाए अनि तिनी अगाडि बढे प्रार्थनाको अगुवाइ खोजे त्यस दिन ट्रोटरले आफ्नो जीवन प्रभु येशूमा सुम्पे   

तिनको परिवर्तनको तिन वर्षपश्चात् केही व्यापारीहरूको निमन्त्रणामा ट्रोटर मुन्रेसँगै मिचिगन गए जहाँ ती व्यापारीहरूले रेस्क्यु मिसन सुरु गर्न खोजेका थिए छक्क पार्ने कुरो के भने ती भूतपूर्व पियक्कड ट्रोटर नै त्यस मिसनको निर्देशकको रूपमा छानिए जहाँ तिनले आफ्नो जीवनको पछिल्ला ४० वर्ष बिताए  

मिसन सुरु गरियो मानिसहरूको भिड लाग्यो त्यस मिसनमार्फत कैयौँ मानिसहरूको आत्मा बाँचे; जीवनमा रूपान्तरण आयो; विच्छेद भएका परिवारहरूको पुर्नमिलन भयो आफ्नो जीवनको आखिरी घडीसम्म आइपुग्दा ट्रोटर एक अद्वितीय व्यक्तित्व बनिसकेका थिए

यसरी जीवनदेखि विरक्तिएर आत्महत्या गर्न हिँडेका जँड्याहाले जब येशू ख्रीष्टलाई पाए तिनको जीवन मात्र बद्लेन तर तिनीमार्फत अन्य कैयौँले पनि नयाँ जीवन पाए

Leave Your Comments Here.