बाइबलीय
विववरणअनुसार सदोम र
गमोरा दुई ओटा
सहरका नाउँ हुन्
जसमाथि परमेश्वरको न्याय परेको
थियो । परमेश्वरले
आकाशबाट आगो र
गन्धक बर्साउनुभई यी
दुवै सहरलाई नष्ट
गरिदिनुभयो (उत्पत्ति १९:२४)
। दुवै सहरको
विनाशपश्चात् पितामह अब्राहामले उक्त
जग्गालाई हेर्दा धुवाँ माथितिर
गइरहेको थियो भनी
मोशाले लेखेका छन्, “र
त्यस ठाउँबाट धूवाँ
भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको
तिनले देखे” (उत्पत्ति
१९:२८) ।
केही
वर्षअगि जिएल फेडेरम्यान
नाउँ गरेका इस्राएली
व्यापारी बाइबलमा अभिलिखित सदोम
र गमोराको विनाशबारे
भएको विवरणमाथि घोत्लिन
थाले । विवरणलाई
अध्ययन गरेपछि त्यस जमिनमुनि
ग्याँस हुनुपर्छ भनी तिनले
अनुमान लगाए ।
ग्याँस हुनुको अर्थ त्यहाँ
तेल हुनु हो
। पछि अनुसन्धान
गर्दा तिनको अनुमान
सत्यतामा परिणत भयो ।
त्यहाँ वास्तवमै तेल खानी
पत्ता लाग्यो ।