दबोरा
निराकाबिरिकिरा एक जना
महिलाको नाउँ हो
। ख्रीष्टाब्द १९९४
मा अफ्रिकी मुलुक
रुवान्डामा भएको जाति–हत्यामा उनी बाँचेकी
थिइन् । उनी
आफ्ना एघार सन्तानमाथि
पूर्णत: भर पर्थिन्
। मृत्यु र
निरुत्साहले निर्मित उनको जीवनमा
इन्नोसेन्ट नाउँ गरेको
उनको उन्नाइस वर्षको
छोरो उनको आनन्द
र सन्तुष्टिको विशेष
स्रोत थियो ।
दबोरा प्रार्थना गर्ने
स्त्री थिइन् । उनी
प्रार्थनामा निकै विश्वास
गर्थिन् । आफ्नो
सानो घरको पछाडिपट्टि
रहेको कोठामा हरेक
बिहान उनी प्रार्थनामा
बिताउँथिन् ।
एक
साँझ इन्नोसेन्टले परिवारको
लागि खाना बनाइसकेपछि
केही सिपाहीहरू ढोकामा
आए । तिनीहरू
इन्नोसेन्टलाई केही प्रश्नहरू
सोध्न आएका थिए
भनी तिनीहरूले आउनुको
कारण बताए र
तिनलाई नमार्ने निश्चयता दिलाए
।
ती
सिपाहीहरूसँगै केही समय
भेटघाट गरेपछि इन्नोसेन्ट आफ्नी
आमाकहाँ फर्केर आए र
आमालाई भने, “आमा, तिनीहरूले
मलाई मार्ने भो
।” उनले इन्नोसेन्टलाई
अङ्गालो हालिन् । तर
ती सिपाहीहरूले इन्नोसेन्टलाई
जबरजस्ती लगे र
केही मिनेटपछि बन्दुक
पड्केको आवाज आयो
। तिनीहरूले दबोराको
छोरोको ज्यान लिईकन छाडे
।
इन्नोसेन्टको
अन्त्येष्टिमा उनी भावविहल
भइन् अनि यस्तो
असहय दु:ख
परमेश्वरले उनको जीवनमा
कसरी ल्याउन सक्नुभयो
भनी उनले परमेश्वरलाई
प्रश्न गरिन् । उनको
भावनात्मक र बौद्धिक
सङ्घर्षहरूका बाबजुत पनि प्रार्थना
र ध्यानको आफ्नो
अभ्यासलाई उनले जारी
राखिन् ।
केही
हप्तापछि केही सिपाहीहरू
फेरि उनको ढोकामा
देखा परे ।
सुरुमा तिनीहरू उनलाई मार्न
आएका थिए भनी
दबोराले ठानिन् । तीमध्ये
एक जना सिपाहीलाई
उनले चिनिन् जो
पहिले पनि त्यहाँ
आएको थियो ।
त्यो सिपाही अगाडि
बढयो र दबोराको
कुममा समाती उनलाई
बैठक कोठामा लग्यो
। उसले ढोका
बन्द गर्यो ।
दबोराले आफू मारिनेभयो
भनी ठानिन् ।
दबोरापट्टि फर्केर उसले भन्यो,
“मेरो निम्ति प्रार्थना
गरिदिनुस् ।” दबोरा
छक्क परिन् र
तिनीहरू दुवै जनाले
सँगै घुँडा टेके
र उनले उसको
निम्ति प्रार्थना गरिदिइन् ।
प्रार्थना
सकिएपछि त्यस सिपाहीले
भन्यो, “मेरो नाउँ
चाल्र्स हो ।”
त्यसपछि ऊ रुन
थाल्यो । कुनै
एउटा व्यक्ति चोरीमा
संलग्न भएको कुरा
इन्नोसेन्टले अधिकारीहरूलाई बताएकोले तिनको हत्या
गरिएको थियो भन्ने
तथ्यलाई त्यस सिपाहीले
खुलासा गर्यो ।
उसले नै इन्नोसेन्टको
हत्या गरेको कुरा
उसले स्वीकार गर्यो
। समय बित्दै
गयो उसले आफूलाई
निकै दोषी महसुस
गर्यो
र ऊ खिन्न
हुँदै गयो ।
उसले दबोरालाई भन्यो,
“के तपाईं मलाई
क्षमा गरिदिनुहुन्छ ? गर्नुहुन्न
भने मलाई अदालतमा
लैजानुस् र म
मेरो अपराधको लागि
मर्न तयार छु
किनकि यो नै
व्यवस्था हो ।”
दबोरा
पहिले त तिन
छक परिन् अनि
के गर्ने होला
भनी प्रार्थना गर्न
थालिन् । उनको
जवाफ रुवान्डाको चङ्गाइको
एउटा भाग बन्नेथियो
। दबोरा उसलाई
क्षमा दिन तयार
भइन् भन्ने उनले
जाहेर गरिन् । उसलाई
अधिकारीहरूको हातमा सुम्पिदिने उनको
मनसाय थिएन किनभने
ऊ जेलमा सड्थ्यो
र अन्त्यमा उसलाई
फाँसीमा चढाइन्थ्यो । उनले
पहिले नै आफ्नो
छोरो गुमाइसकेकी थिइन्
। अर्को जवान
मानिसलाई गुमाउनुपर्ने कुनै कारण
थिएन ।
बाइबलमा
अभिलिखित क्षमाका वचनहरूले तिनको
दिमाग वारपार गर्न
थाले । उनले
चाल्र्सलाई अङ्गालो हालिन् र
उनी रुन थालिन्
। निकै कठिन
भए तापनि एउटा
ठुलो बोझ हटेर
गएको महसुस गरिन्
दबोराले । उनले
चाल्र्सलाई भनिन्, “मैले तिमीलाई
दिन सक्ने एउटै
मात्र दण्ड तिमीलाई
मेरो छोरोको ठाउँमा
राखी मैले मेरो
छोरोलाई खुवाउने खाना तिमीलाई
खुवाउनु हो ।”
दबोरापट्टि फर्केर चाल्र्सले भन्यो,
“अब म तपाईंको
छोरो भएको छु
। सम्भव हुँदा
म तपाईंलाई भेट्न
आउनेछु ।”
त्यसपछिका
महिना र वर्षहरूमा
दबोराले यस अनुभवलाई
रुवान्डाका अन्य समुदायहरूबिच
बाँडिन् अनि क्षमाको
सन्दर्भमा उनको उदाहरण
एउटा अपरिहार्य कदम
थियो भनी धेरैले
बुझे । आफ्नो
बजारमा देखा परेका
भिन्नताबारे उनी टिप्पणी
गर्छिन्, “अब रुहेनगेरी
बेग्लै ठाउँ भएको
छ । मारकाट
बन्द भएको छ
। अर्धसैन्य जत्थाहरू
गएका छन् र
रुवान्डाको मेरो सुन्दर
कुनामा शान्ति फर्केर आएको
छ । यस
शान्ति पुनस्थापनामा मैले खेलेको
गौण भूमिकाप्रति म
गौरवान्वित छु ।”
जातिय
नरसंहारको परिणाम स्वरूप झन्डै
दस लाख मानिस
मृत्युको शिकार बन्नु परेको
देशमा चङ्गाइ र
मेलमिलापको लागि दबोराको
साक्षी महत्त्वपूर्ण योगदान हो ।
असोचनीय कुरोलाई सोच्न र
असम्भव कुरोलाई विचार गर्न
इच्छुक भइन् दबोरा
। आफ्नो डरलाग्दो
अन्यायपूर्ण संसारको परिधिबाट बाहिर
आई वैकल्पिक बाटोलाई
रोज्न उनी तत्पर
भइन् । आँखाको
बदला आँखा र
जीवनको बदला जीवन
भन्ने व्याप्त सिद्धान्तलाई
उनको धार्मिक विश्वासले
चुनौती थियो ।
यस्ता कथाहरूमा बदलाको
खाँचोलाई त्याग्ने तत्परता हुन्छ
। दबोराले क्षमा
नदिएको भए बाँकी
जीवनभर उनी क्रोध
र बदलाको भावना
बोकेर बाँच्नेथिइन् भनी
उनले महसुस गरेकी
थिइन् । तर
उनले क्षमा दिइन्
र त्यो भारी
हटेको महसुस गरिन्
।
(नोट: यो डेभ टोइसनद्वारा लिखित द पावर अफ जेनेरोसिटी नामक पुस्तकबाट अनूदितसाथै सम्पादित अंश हो । यो अनुमति पाएर अनुवाद गरिएको हो ।)