१. येशूको मृत्युको सम्झनामा
वर्षको एक चोटि
मनाइने उत्सवलाई नै गुड
फ्राइडे भनिन्छ । येशू
निर्दोष र पापरहित
हुनुभए तापनि उहाँ आजभन्दा
लगभग दुई हजार
वर्षअगि मानव–जातिको
पापको लागि क्रूसमा
टाँगिनुभएको थियो ।
२. गुड फ्राइडे
अङ्ग्रेजी Good
Friday को लिप्यन्तरण हो ।
गुड फ्राइडेलाई अङ्ग्रेजीमा
होली
फ्राइडे
वा ग्रेट फ्राइडे
पनि भनिन्छ । यसलाई
नेपालीमा “असल शुक्रबार”
वा “शुभ शुक्रबार”
भनी अनुवाद गरिएको
पाइए तापनि यसलाई
“पवित्र शुक्रबार” भनी अनुवाद
गर्नु बढी मुनासिब
हुन्छ । किनभने
अक्सफोर्ड
अङ्ग्रेजी
शब्दकोशअनुसार गुड फ्राइडेमा
उल्लिखित “गुड” शब्दको
अर्थ हुन्छ, “पवित्र
।”
३. येशूको क्रूसारोहणको वास्तविक
मिति अज्ञात रहे
तापनि क्रूसारोहणको समयमा
देखा परेको अन्धकारको
आधारमा खगोल विज्ञानअनुसार
येशू ३ अप्रिल
३३ मा मर्नुभएको
थियो भनी अनुमान
गरिएको छ ।
४. नयाँ करारका
अगिल्ला चार ओटा
सुसमाचारहरू (मत्ती, मर्कूस, लूका
र यूहन्ना) येशूको
जीवनीबारे बताउने सबैभन्दा भरपर्दा
र प्रारम्भिक स्रोतहरू
हुन् । ती
चार ओटै सुसमाचारले
उहाँको मृत्युबारे सविस्तार वर्णन
गरेका छन्— मत्ती
२७:१–६६;
मर्कूस १५:१–४७; लूका
२३:१–५६
र यूहन्ना १८:२८–१९:४२ ।
५. शुक्रबार बिहान ३
बजेतिर आफ्ना चेलाहरूसँगै येशू
गेतसमनीको बगैँचामा प्रार्थना गरिरहनुहँदा
उहाँ गिरफ्तार हुनुभयो
। बिहान ९
बजे क्रूसमा टाँगिनुअगि
उहाँले ६ ओटा
जाँचको सामना गर्नुभयो ।
६ घण्टा क्रूसमा
बिताउनुभई उहाँले आफ्नो प्राण
त्याग गर्नुभयो ।
६. “पाम सन्डे”
पछिको र “इस्टर
सन्डे” अगिको शुक्रबार नै
गुड फ्राइडे हो
। प्रसिद्ध सौर्य
पात्रोलाई आधार नमानी
चन्द्र पात्रोलाई आधार मानिएकोले
गुड फ्राइडेको मिति
सालिन्दा फरक–फरक
हुन्छ । गत
साल अर्थात् ख्रीष्टाब्द
२०१५ मा गुड
फ्राइडेको मिति अप्रिल
३ मा परेको
थियो भने यो
वर्ष मार्च २५
मा परेको छ र आगामी वर्ष अप्रिल १४ मा पर्नेछ।
७. अधिकांश पाश्चात्य राष्ट्रहरूसहित
संसारका विभिन्न मुलुकहरूमा गुड
फ्राइडेको दिन सार्वजनिक
बिदा दिइन्छ ।
मानव–जातिको इतिहासमा
यो एउटा अति
नै गम्भीर दिन
भएकोले यस दिनमा
धेरै व्यापारहरू, स्कुलहरू
र विश्वविद्यालयहरू पनि
बन्द गरिन्छन् ।
८. येशू क्रूसमा
मर्नुहुँदा पुरानो करारमा सयौँ
वर्ष पहिले भनिएका
दर्जनौँ भविष्यवाणीहरू मात्र पुरा भएका
थिएनन् तर येशू
स्वयम्ले आफ्नो मृत्युको विषयमा
गर्नुभएका भविष्यवाणीहरू पनि पुरा
भएका थिए ।
पुरानो करारको यशैया ५३
अध्यायमा उहाँको मृत्युबारे सविस्तार
भविष्यवाणी पाइन्छ ।
९. गुड फ्राइडेको
दिनमा प्रभु–भोज
खाईंदैन । प्रभु
येशूले दिनुभएका दुई ओटा
विधिहरूमध्ये एउटा हो—
प्रभु–भोज ।
अर्कोलाई हामी बप्तिस्मा
भन्छौँ । येशूको
दोस्रो आगमन नभएसम्म
मण्डलीलाई अक्सर प्रभु–भोज
खान आज्ञा दिइएको
छ ।
१०. गुड फ्राइडेको
दिनमा ख्रीष्टियानहरू उपवास
बस्छन्; प्रभातफेरीमा सहभागी हुन्छन्; मण्डलीहरूमा
विशेष सेवा सञ्चालन
गरिन्छ जसमा येशूको
मृत्युको वर्णन गर्ने भजनहरू,
लघु नाटकसाथै वचन
प्रस्तुत गरिन्छन् ।