बिसौँ
शताब्दीको उत्तराद्र्धमा डा. हेलेन
रोजर्भर हाल कङ्गो
भनेर चिनिने मध्य
अफ्रिकी मुलुक जाइरेमा मिसनरी
भएर गएकी थिइन्
। उनैले भनेको
कथा हो यो
।
“हाम्रो
मिसन स्टेसनमा भएकी
एउटी महिलाले गर्भ
अवधि पुरा नभईकन
एउटा बच्चा जन्माई
। बच्चालाई जीवित
राख्न हामीले इन्क्युबेटर
[अपरिपक्व वा कम
तौल भएको बच्चालाई
उपयुक्त वातावरण र ताप
दिने उपकरण]
को निर्माण गर्ने
कोसिस गर्यौँ ।
तर हामीसँग भएको
एउटै मात्र तातो
पानी राख्ने बोतल
मर्मत हुन नसक्ने
अवस्थामा थियो ।
त्यसैले हामीले बालबालिकाहरूलाई त्यो
बच्चा र उसकी
दिदीको निम्ति प्रार्थना गर्न
अनुरोध गर्यौँ ।
एक जना केटीले
बिन्ती बिसाई, ‘हे परमेश्वर,
हामीलाई आज नै
एउटा तातो पानी
राख्ने बोतल पठाइदिनुस्
। भोलिसम्म ढिलो
हुनेछ किनकि त्यसबेलासम्म
बच्चा मरिसक्नेछ ।
हे प्रभु, दिदीको
निम्ति एउटा गुडिया
पनि पठाइदिनुस् ताकि
उसले एकलोपनको महसुस
नगरोस् ।’ त्यही
दिन दिउँसो इङ्गल्यान्डबाट
एउटा ठुलो पोको
आइपुग्यो । हामीले
त्यसलाई खोल्दै गर्दा केटाकेटीहरूले
उत्सुकतापूर्वक हेर्दै थिए ।
छक्क पार्ने कुरो
के थियो भने
केही कपडाहरूको मुनिपट्टि
तातो पानी राख्ने
एउटा बोतल पनि
थियो । इमान्दारीपूर्वक
प्रार्थना गर्ने केटीले अझै
खोतल्दै गई र
उसले जे देखी
त्यसमा ऊ चिच्च्याई,
‘यदि परमेश्वरले बोतल
पठाउनुभएको छ भने
उहाँले गुडिया पनि पठाउनुभएको
छ भन्ने कुरामा
म निश्चित छु
।’ उसको निश्चयता
सही साबित भयो
। स्वर्गीय पितालाई
बच्चाको इमान्दार बिन्तीबारे पहिले
नै थाहा थियो
। त्यसैले, पाँच
महिनाअगावै ती दुवै
चिजहरू पोकाभित्र राख्न परमेश्वरले
केही स्त्रीहरूलाई अगुवाइ
गर्नुभएको थियो ।”