येशूको
मृत्यु संयोग थिएन न
त त्यो साधारण
मृत्यु थियो ।
उहाँको मृत्यु हुँदा देखा
परेका दृश्यहरूले पनि
उहाँको मृत्यु असाधारण र
अलौकिक थियो भनी
पुष्टि गर्छन् । यहाँ
हामी तिन ओटा
त्यस्ता दृश्यहरूलाई ध्यान दिनेछौँ
।
१.
मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म
दुई भाग भएर
च्यातियो (मत्ती २७:५१)
।
येशू
पृथ्वीमा हुनुहुँदा यरूशलेममा एउटा
मन्दिर थियो ।
यहूदीहरूको जीवनमा मन्दिर अति
नै आवश्यक अङ्ग
थियो । येशूको
मृत्यु हुँदा जुन पर्दा
च्यातिएको थियो त्यसले
मन्दिरको महा–पवित्रस्थानलाई
पवित्रस्थानबाट अलग गथ्र्यो
। यो पर्दा
माथिदेखि तलसम्म च्यातिएको यथार्थताले
यो परमेश्वरको कार्य
हो भनी अङ्कित
गर्दछ । पुरानो
करारमा प्रधान पूजाहारी मात्र
वर्षमा एक चोटि
महा–पवित्रस्थानभित्र प्रवेश
गर्न सक्थ्यो ।
प्रधान पूजाहारीले नै सारा
इस्राएलीहरूका पाप परमेश्वरको
सामु लैजाने गर्दथ्यो
। साधारण इस्राएलीले
आफै त्यसो गर्न
पाउँदैनथ्यो । तर
मृत्युको समयमा यो पर्दा
च्यातिएकोले अब हरेक
व्यक्ति सोझै परमेश्वरको
उपस्थितिमा जान सक्छ
भन्ने तथ्यलाई परमेश्वर
उजागार पार्दै हुनुहुन्थ्यो (हिब्रू
४:१४–१६;
१०:१९–२२)
।
यो
पर्दा येशू ख्रीष्टको
मानवीय शरीरको प्रतिरूप थियो
(हिब्रू १०:२०)
। पर्दा च्यातिएको
तथ्यले पुरानो करारको सम्पूर्ण
यहूदी व्यवस्थाको समाप्तिलाई
पनि अङ्कित गर्दछ
। सम्भवत: यहूदी
पूजाहारीहरूले च्यातिएको पर्दाको मर्मत
गरी तिनीहरू पुरानै
व्यवस्थामा लागिरहे । यसको
अर्थ तिनीहरूले परमेश्वरको
नियमलाई उल्लङ्घन गरी तिनीहरूले
मानवीय नियमलाई नै निरन्तरता
दिए । तर
ख्रीष्टाब्द ७० मा
परमेश्वरको भयानक न्याय पर्यो
र त्यो मन्दिर
सदाको लागि नष्ट
गरियो र आजको
दिनसम्म त्यहाँ मन्दिर छैन
। अब नयाँ
करारको शिक्षाअनुसार हामी सबै
नै पूजाहारी हौँ
(१ पत्रुस २:९) र
हामी सिधै परमेश्वरलाई
बिन्ती चढाउन सक्छौँ ।
२.
एउटा ठुलो भूकम्प
गयो (मत्ती २७:५१) ।
भूकम्पलाई
प्राकृतिक विपत्तिको रूपमा लिइने
भए तापनि यहाँ
यो भूकम्प येशूको
मृत्युको नतिजास्वरूप देखिएको छ
। सृष्टि परमेश्वरको
अधीनमा छ भन्ने
प्रस्ट सङ्केत हो यो
। सृष्टिले उहाँको
मृत्युमाथि विलौना गरेको सङ्केत
हो यो ।
यो भूकम्प पक्कै
पनि गलगथावरिपरि नै
गएको हुनुपर्छ ।
उहाँको मृत्युको दर्शक बन्न
आउने तमाम व्यक्तिहरूका
लागि उहाँको मृत्यु
साधारण मृत्यु होइन भन्ने
टडकारो प्रमाणको रूपमा यो
भूकम्प खडा छ
। निश्चय नै,
यसले येशूप्रति भएको
धेरैको नकारात्मक दृष्टिकोणलाई परिवर्तन
गरिदियो । यस्तो
दृश्य देखेपछि कप्तान
र उहाँलाई रुँग्नेहरूले
निष्कर्ष निकालेका छन्, “साँच्चै,
यिनी परमेश्वरका पुत्र
रहेछन्” (मत्ती २७:५४)
।
३.
चिहानहरू उघारिए, र सुतिगएका
धेरै सन्तहरूका मृत
शरीर जीवित भई
उठे (मत्ती २७:५२) ।
यो
तेस्रो घटनालाई मत्तीले मात्र
अभिलिखित गरेका छन् ।
सम्भवत: यरूशलेममा भएका चिहानहरू
उघारिए । हामीले
यहाँ होसियारीपूर्वक पढेको
हुनुपर्छ कि यी
सन्तहरू येशूको मृत्युको समयमा
बौरी उठ्नैबित्तिकै त्यही
दिनमा पवित्र सहरमा
प्रवेश गरी धेरैकहाँ
देखा परेका छैनन्
। तर येशूको
मृत्युमा तिनीहरू जीवित भई
उठे र उहाँको
पुनरुत्थान भएपछि मात्र तिनीहरू
पवित्र सहरमा प्रवेश गरी
धेरैकहाँ देखा परे
।
यहाँ
उल्लिखित पवित्र सहर यरूशलेम
हो । यो
सम्भव छ कि
लाजरस, याइरसकी छोरी र
नाइनकी विधुवाकी छोरीले पुन:
शारीरिक मृत्युको सामना गर्नुपरेजस्तै
यी सन्तहरूले पनि
पुन: देह त्याग
गरे । तर
येशूले जस्तै यी सन्तहरूले
पनि महिमित शरीर
धारण गरी मृत्यु
फेरि मृत्यु नचाखी
यिनीहरू स्वर्ग गएको पनि
हुन सक्छ ।