चौथो
शताब्दीमा एन्टिओखियामा जन्मेका जोन ख्रिसोस्टोम
आदि मण्डलीका एक
जना महत्त्वपूर्ण पिता
थिए । तिनी
प्रचारको निम्ति प्रसिद्ध थिए
। वाक्पटुताको निम्ति
कहलिएका जोन रोमी
सम्राट्द्वारा गिरफ्तार गरिएपछि सम्राट्ले
तिनलाई आफ्नो विश्वास फिर्ता
लिनका लागि मनाउन
खोजे तर सम्राट्
असफल भए ।
तिनलाई के गर्न
सकिन्छ भनी सम्राट्ले
सल्लाहकारहरूसित परामर्श लिए ।
सम्राट्ले
सल्लाह मागे, “के म
तिनलाई कालकोठरीमा थुनेर राखूँ
?”
एक
जना परामर्शदाताले जवाफ
दिए, “हुँदैन ।
तिनी त्यहाँ जान
खुसी हुनेछन् ।
तिनी शान्त वातारणको
चाह गर्छन् जहाँ
तिनी आफ्नो परमेश्वरको
कृपामा रमाउन सक्छन् ।”
“त्यसो
भए, तिनलाई फाँसी
दिइनुपर्छ !”, सम्राट्ले भने ।
उत्तर
आयो, “हुँदैन ।
तिनी त मर्न
पनि खुसी हुनेछन्
। मृत्युको क्षणमा
तिनी आफ्नो प्रभुको
उपस्थितिमा हुनेछन् भनी तिनले
घोषणा गरेका छन्
।”
“त्यसो
भए हामीले के
गर्ने त ?”, शासकले
सोधे ।
सल्लाहकारले
भने, “एउटै मात्र
कुरो छ जसले
ख्रिसोस्टोमलाई दर्द दिन्छ
। तिनलाई यातना
दिनुछ भनी तिनलाई
पाप गर्न लगाउनुस्
। तिनी पाप
गर्नदेखि बाहेक अन्य कुनै
कुरोदेखि डराउँदैनन् ।”