menu bar

Tuesday, March 31, 2015

पहिलो गुड फ्राइडेमा येशूले सामना गर्नुभएका ६ ओटा न्यायिक जाँच



येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभएपछि शुक्रबार बिहान बजे उहाँलाई क्रूसमा चढाइनुअगि उहाँले ओटा न्यायिक जाँचको सामना गर्नुभयो अगिल्ला तिन ओटा जाँच धार्मिक थिए भने पछिल्ला तिन ओटा जाँच कानुनी थिए

. पहिलो जाँचहन्नासको सामु (यूहन्ना १८:१२१४, १९२३)
येशूलाई पक्रेपछिपहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए” (यूहन्ना १८:१३)

सिरियाका हाकिम कुरेनियसले ख्रीष्टाब्द मा हन्नासलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गरेका थिए तिनी उक्त पदमा ख्रीष्टाब्द १५ सम्म रहे यहूदी व्यवस्थाअनुसार प्रधान पूजाहारीको पद जीवनभरको लागि भए तापनि शक्ति एउटै व्यक्तिमा सिञ्चित हुने भएकोले रोमीहरूले बारम्बार प्रधान पूजाहारी परिवर्तन गर्थे हन्नासपश्चात् तिनका पाँचै जना छोरा तिनका ज्वाइँ कैयाफा प्रधान पूजाहारी बने निश्चय नै शक्ति हन्नासकै हातमा थियो त्यसैले त्यसबेला कैयाफा प्रधान पूजाहारी भए तापनि येशूलाई पहिले हन्नासकहाँ नै लगियो

तिनले येशूको प्रारम्भिक जाँच पडताल गरे

. दोस्रो जाँचकैयाफाको सामु (मत्ती २६:५७६८)
हन्नासले येशूलाई प्रारम्भिक केरकार गरेपछि उहाँलाई कैयाफाकहाँ पठाइयो, “येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे त्यहाँ शास्त्रीहरू धर्मगुरुहरू भेला भएका थिए” (मत्ती २६:५७)

कैयाफा ख्रीष्टाब्द १८३६ सम्म यहूदी प्रधान पूजाहारी थिए येशूको मृत्यु हुँदा तिनी नै प्रधान पूजाहारी थिए

येशूलाई औपचारिक रूपमा महासभाको सामु उभ्याउनुअगि कैयाफाले सामान्य सोधपुछ मात्र गरे

. तेस्रो जाँचमहासभाको सामु (लूका २२:६६७१
येशूका अगिल्ला दुई ओटै जाँच पडताल रातमा भएको थियो जुन अवैधानिक थिए कुनै औपचारिक निर्णय सुनाइएको थिएन त्यसैले, बिहान उहाँलाई महासभाको सामुन्ने उभ्याइयो, “उज्यालो हुनेबित्तिकै भेला भएका जनताका धर्मगुरुहरू, मुख्य पूजाहारीहरू शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे” (लूका २२:६६)

महासभा सर्वोच्च अदालत थियो महासभाले पारित गरेको निर्णय व्यवस्था बन्थ्यो अन्तिम निर्णय गर्ने हक महासभालाई नै थियो महासभामा सत्तरी जना सदस्य हुन्थे प्रधान पूजाहारी नै यसको कार्यकारी अध्यक्ष हुन्थ्यो

महासभा बिहान बस्न सक्दैनथ्यो तर तिनीहरूले आफ्नै नियम उल्लङ्घन गरी तिनीहरू बिहानै जम्मा भए तिनीहरूले येशूलाई ईश्वरनिन्दाको दोष लगाए तर रोमी हाकिमको सहमतिविना तिनीहरूलाई कसैलाई मृत्युदण्ड दिने अधिकार थिएन तसर्थ, येशू तत्कालीन रोमी हाकिम पिलातसकहाँ लगिनुभयो

. चौथो जाँचपिलातसको सामु (यूहन्ना १८:२८३८
यहूदीहरूको धार्मिक अदालतमा येशूलाई केरकार गरेपछि तिनीहरूले उहाँलाई रोमीहरूको कानुनी अदालतमा लगे, “अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, हाकिम पिलातसकहाँ सुम्पिदिए” (मत्ती २७:)

पन्तियस पिलातस यहूदियाका पाँचौँ हाकिम थिए सम्राट् तिबेरिअसले तिनलाई ख्रीष्टाब्द २६ मा हाकिम नियुक्त गरेका थिए जुन पदमा तिनी ख्रीष्टाब्द ३६ सम्म रहे

यहूदीहरूले येशूलाई जुनजुन अभियोग लगाएका थिए पिलातसको बुझाइमा उहाँ तिनमा दोषी हुनुहुन्थेन त्यसैले, तिनले यहूदी अगुवाहरूलाई भने, “ यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:) अन्तमा येशू गालीलको हुनुहुँदोरहेछ भन्ने बुझेर तिनले उहाँलाई हेरोदकहाँ पठाइदिए   

. पाँचौँ जाँचहेरोदको सामु (लूका २३:१२)
अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए” (लूका २३:)

यहाँ उल्लिखित हेरोद हेराद महान्का छोरा हेरोद एन्तिपास हुन् तिनले नै बप्तिस्मा दिने यूहन्नाको शिर कटाउन लगाएका थिए तिनले ख्रीष्टाब्द ३९ सम्म गालील पेरियामा शासन गरेका थिए

हेरोदले येशूलाई जादुगरको रूपमा हेरेका थिए त्यसैले तिनले येशूबाट केही चमत्कार गरेको हेर्न चाहन्थे तिनले येशूलाई धेरै प्रश्नहरू सोधे तर उहाँले केही जवाफ दिनुभएन अन्तत: तिनले येशूलाई पिलातसकहाँ नै पठाइदिए   

. छैटौँ जाँचपिलातसको सामु (यूहन्ना १८:३९१९:)
हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, उहाँको गिल्ला गरे त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए” (लूका २३:११)

जाँच पडतालको लागि येशू दोस्रो पटक पिलातसकहाँ ल्याइनुभयो पिलातसको दृष्टिकोणमा येशू निर्दोष हुनुभए तापनि भिडले उहाँ क्रूसमा टाँगिनैपर्छ भनी जिद्दी गरेकोले तिनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए

यसरी येशूले ओटा न्यायिक जाँचको सामना गर्नुभयो अनि शुक्रबार बिहान बजे उहाँ क्रूसमा टाँगिनुभयो उहाँले घण्टा क्रूसमा बिताउनुभएपछि दिउँसो बजेतिर आफ्नो प्राण त्याग गर्नुभयो उहाँको मृत्यु संयोग थिएन तर पूर्वयोजनामुताबिक उहाँ सम्पूर्ण मानवजातिको निम्ति क्रूसमा टाँगिनुभएको थियो    




Leave Your Comments Here.