नास्तिकबाट
ख्रीष्टियान बनेका रिचार्ड उम्ब्रान्डले
१४ वर्ष लामो
जेल जीवन बिताएका
थिए । मध्य
युरोपेली मुलुक रोमानियाको झ्यालखानामा
बन्दी जीवन बिताइरहँदा
तिनले मण्डलीको एक
जना अगुवालाई भेटे
जसलाई २२ वर्षको
जेल सजाय तोकिएको
थियो । यो
तिनै अगुवाको बारेमा
पास्टर उम्ब्रान्डले भनेको कथा हो
।
ती
ख्रीष्टियान अगुवा, तिनकी पत्नी
र तिनका ६
जना छोराछोरीहरूले बिहानको
खाजा खाइरहँदा केही
प्रहरीहरू तिनको घरभित्र जबरजस्ती
घुसे । तिनीहरूले
भर्खरै भजनसंग्रह २३ लाई
पढेर सिद्धयाएका थिए
। प्रहरीहरूले अगुवालाई
गिरफ्तार गर्दा तिनले भने,
“हामीले आज जेको
निम्ति प्रार्थना गरेका थियौँ
त्यसैलाई पुरा गर्न
आउनुभयो तपाईंहरू । हामीले
भर्खरै पढ्यौँ ... कि परमेश्वरले
मेरा शत्रुहरूका सामुन्ने
भोज तयार पार्नुहुन्छ
। हामीसित भोज
त थियो तर
शत्रुहरू थिएनन् । अब
तपाईंहरू आउनुभएको छ । टेबुलमा भएको कुनै
पनि कुरो खान
चाहनुहुन्छ भने हामी
बाँडचुँड गर्न सक्छौँ
। परमेश्वरले नै
तपाईंहरूलाई पठाउनुभएको हो ।”
कप्तान
यसो भन्दै चिच्च्याए,
“कसरी तपाईं यस्ता
वाहियात कुराहरू गर्न सक्नुहुन्छ
? हामी तपाईंलाई झ्यालखानामा लैजानेछौँ
जहाँबाट तपाईं कहिल्यै मुक्त
हुनुहुनेछैन । तपाईंले
आफ्ना छोराछोरीहरूलाई कहिल्यै
देख्न पाउनुहुनेछैन ।”
ती
अगुवाले भने, “आज हामीले
यस विषयमा पनि
पढ्यौँ । मृत्युको
अन्धकारमय घाटी भएर
जानुपरे तापनि म कुनै
खतरादेखि डराउनेछैनँ ।”
अफिसर
चिच्च्याए, “तपाईं कसरी डराउनुहुन्न
? हरेकलाई मृत्युदेखि डर लाग्छ
।”
अगुवाले
नम्रतापूर्वक भने, “छायादेखि डराउनु
पर्दैन । कुकुरको
छायाले तपाईंलाई टोक्न सक्दैन
र मृत्युको छायाले
तपाईंलाई मार्न सक्दैन ।
यी सबै कुराहरू
केवल छाया हुन्
। हामीले अर्को
जीवन पाउनेछौँ जुन
यस संसारको होइन
। हामीलाई मार्न
सकिन्छ; झ्यालखानामा थुन्न सकिन्छ
। तर हामीमाथि
कुनै खराबी आउनेछैन
। हामी ख्रीष्टमा
छौँ र उहाँले
हामीलाई अर्को संसारमा लैजानुहुनेछ
।”