menu bar

Monday, June 6, 2016

अगुवाइबारे १६ ओटा भनाइहरू



यदि तपाईंका क्रियाकलपाहरूले अरूलाई धेरै सपना देख्न, धेरै सिक्न, धेरै गर्न धेरै बन्न प्रेरणा दिए भने तपाईं अगुवा हुनुहुन्छ
जोन क्विन्सी आदम्स, अमेरिकाका छैटौँ राष्ट्रपति

अगुवा त्यो हो जसले बाटो जान्दछ, बाटोमा हिँड्दछ बाटो देखाउँदछ
जोन सी. म्याक्सवेल, लेखक, वक्तासाथै पास्टर

दोष पत्ता नलगाउनुस्; उपचार पत्ता लगाउनुस्
हेन्री फोर्ड, उद्योगपति

अगुवाइ दर्शनलाई वास्तविकतामा परिवर्तन गर्ने क्षमता हो
वारेन बेनिस, लेखकसाथै विद्वान्

अगुवाइ अध्ययनलाई एक अर्काबाट अलग गर्न सकिँदैन
जोन एफ. केनेडी, अमेरिकाका पैँतिसौँ राष्ट्रपति

उदाहरण नै अगुवाइ हो
अल्बर्ट स्किजर, ईश्वरशास्त्रीसाथै दार्शनिक

अगुवा हुनलाई तपाईं पदमा हुनुपर्छ भन्ने छैन
हेन्री फोर्ड, उद्योगपति

जुन अधिकारले ख्रीष्टियान अगुवाले अगुवाइ गर्दछ त्यो शक्ति होइन तर प्रेम हो; बल प्रयोग होइन तर उदाहरण हो; जबरजस्ती होइन तर तार्किक अनुनय हो अगुवाहरूसित शक्ति हुन्छ तर सेवाको निम्ति आफैलाई विनम्र तुल्याउनेहरूको हातमा मात्रै त्यो शक्ति सुरक्षित हुन्छ
जोन स्टट, ईश्वरशास्त्रीसाथै लेखक

एउटा रूख काट्न मलाई घण्टाको समय दिनुस् अगिल्ला घण्टालाई बञ्चरो धारिलो बनाउन प्रयोग गर्नेछु
अब्राहाम लिङ्कन, अमेरिकाका सोर्हौँ राष्ट्रपति 

निस्सन्देह, तपाईं मानिसहरूलाई अगुवाइ नगरीकनै तिनीहरूलाई प्रेम गर्न सक्नुहुन्छ तर तपाईं मानिसहरूलाई प्रेम नगरीकन तिनीहरूलाई अगुवाइ गर्न सक्नुहुन्न
जोन सी. म्याक्सवेल, लेखक, वक्तासाथै पास्टर

अगुवाको आफ्नो शक्तिको कारणले गर्दा महान् हुँदैन तर अरूलाई सक्षम तुल्याउने उसको खुबीको कारणले गर्दा महान् हुन्छ  
जोन सी. म्याक्सवेल, लेखक, वक्तासाथै पास्टर

हरेक महान् संस्था एउटा मानिसको लम्बिएको छाया हो उसको चरित्रले संस्थाको चरित्रको निधो गर्दछ
राल्फ वाल्डो इमर्सन, निबन्धकार, प्राध्यापकसाथै कवि

अगुवा त्यो व्यक्ति हो जसले अरूले भन्दा धेरै देख्छ; अरूले भन्दा परसम्म देख्छ अरूले भन्दा पहिले देख्छ
लिरोए एम्स, लेखकसाथै सेवक

अगुवाइ दर्शनको हस्तान्तरण हो
हल रिड

यदि तपाईंले अगुवाहरूको उदय गराउन सक्नुभयो भने तपाईंसित सधैँ अनुयायीहरू हुनेछन् तर तपाईंले अगुवाहरूको उदय गराउन सक्नुभएन भने तपाईंसित मात्र अनुयायीहरू हुनेछन्
जोन सी. म्याक्सवेल, लेखक, वक्तासाथै पास्टर

मानिसहरूको विकास गर्ने अगुवाले जोड्ने काम गर्दछ तर अगुवाहरूको विकास गर्ने अगुवाले गुणात्मक वृद्धि गर्दछ
जोन सी. म्याक्सवेल, लेखक, वक्तासाथै पास्टर





Leave Your Comments Here.