menu bar

Tuesday, June 14, 2016

माकुरोको जालोले विश्वासी नोलानलाई शत्रुहरूको हातबाट बचायो



उत्तर अफ्रिकामा विश्वासीहरूमाथि उग्र सतावट आउँदा फ्रेडरिक नोलान नाउँ गरेका विश्वासी आफ्ना शत्रुहरूबाट भाग्दै थिए तिनी बेँसीहरूमा भागे तापनि शत्रुहरू तिनको पिछा गर्दै थिए भने वैरीहरूले तिनलाई पहाडहरूमा पनि एकलै छाडेनन् तिनी भाग्दाभाग्दा थकाइले लखतरान भइसकेका थिए अब भाग्नको लागि कुनै ठाउँ बाँकी रहेको थिएन शत्रुहरूले फेला पारेर आफूलाई मारे पनि मारोस् भन्ने विचार राखेर तिनी नजिकैको एउटा गुफाभित्र प्रवेश गरे मृत्युको प्रतीक्षा गर्दै तिनी भित्र बसिरहँदा गुफाको मुखमा एउटा माकुरो देखा पर्यो त्यसले त्यहाँ जालो बुन्न सुरु गर्यो केही मिनेटभित्रमा नै माकुरोले गुफाको मुखलाई जालोले ढाकिदियो

फ्रेडरिकलाई पछ्याउनेहरू तिनको खोजी गर्दै त्यही गुफाको मुखनेर आइपुगे तिनले शत्रुहरूको कुराकानीलाई सुने तर प्रवेशद्वारमा नै जालो देखेकाले गुफाभित्र कुनै मानिस हुन नसक्ने निष्कर्ष निकाले शत्रुहरूले तिनीहरू अगाडि बढे खोजीलाई जारी राखे अवश्यम्भावी मृत्युबाट बाँचेपछि फ्रेडरिकले भने, “जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ माकुराको जालो पर्खालजस्तै हुन्छ जहाँ परमेश्वर हुनुहुन्न त्यहाँ पर्खाल माकुराको जालोजस्तै हुन्छ

परमेश्वरले आफ्ना जनलाई छुटकारा दिन माकुरोलाई पठाउनुभयो बाइबलले भन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, त्यसलाई छुटाउनेछु त्यसले मेरो नाउँ ग्रहण गरेको , यसकारण त्यसको रक्षा गर्नेछु त्यसले मेरो पुकार गर्नेछ, त्यसलाई उत्तर दिनेछु त्यसका दु:खको घडीमा त्यससँग हुनेछु, त्यसलाई छुटकारा दिनेछु, आदर गर्नेछ” (भजनसंग्रह ९१:१४१५)    

Leave Your Comments Here.