यर्मिया
३६:४ मा
लेखिएको छ, “यर्मियाले
नेरियाहका छोरा बारूकलाई
बोलाए, र बारूकले
एउटा पत्रको मुट्ठोमा
यर्मियाले लेखाएका सबै कुरा,
जो परमप्रभुले यर्मियालाई
भन्नुभएको थियो, सो लेखे
।”
छैटौँ
शताब्दी ख्रीष्टपूर्वमा बाँचेका बारूक बाइबलका
परिचित पात्र हुन् ।
बाइबलीय विवरणहरूअनुसार बारूक शास्त्री, चेला,
सचिवसाथै यर्मिया अगमवक्ताका घनिष्ठ
मित्र थिए ।
तिनको बारेमा बाइबलका
यी खण्डहरूमा पढ्न
पाइन्छ: यर्मिया ३२:१२–१६; ३६:४–३२;
४३:३–६;
४५:१–२ ।
बाइबल
र यहूदी इतिहासकार
योसिफसका रचनाहरूमा मात्र बारूकको
नाउँ उल्लेख भएको
छैन तर बिसौँ
शताब्दीमा दृश्यमा आएका दुई
ओटा छापमा पनि
तिनको नाउँ कुँदिएको
छ ।
ख्रीष्टाब्द
१९७५ मा माटोले
बनेका २०० ओटा
छाप इस्राएलको बजारमा
देखा परे जसमध्ये
एउटा छापमा बारूकको
नाउँ उल्लेख छ
। हाल यरूशलेमस्थित
इजराएल
सङ्ग्रहालयमा राखिएको
यस छापमा लेखिएको
छ, “नेरियाहका छोरा
शास्त्री बेरेक्याहको ।” बारूक
बेरेक्याहको संक्षिप्त नाउँ हो
। पुरातत्त्वविद्याअनुसार यो
छैटौँ शताब्दी ख्रीष्टपूर्वको
छाप हो जुन
समयमा बाइबलीय बारूक
यस धरतीमा बाँचेका
थिए ।
१९९६
मा उस्तै खालको
छाप दृश्यमा आयो
। चाखलाग्दो कुरोचाहिँ
यो थियो कि
दोस्रो छापमा औँठा छाप
पनि थियो ।
त्यो औँठा छाप
कसको भनेर निश्चयतासाथ
भन्न नसकिने भए
तापनि त्यो बारूककै
हो भनेर अनुमानचाहिँ
गर्न सकिन्छ ।
बारूकसित
सम्बन्धित यस पुरातात्त्विक
खोजले एकातिर बारूक
एक ऐतिहासिक व्यक्तित्व
थिए भनी पुष्टि
गर्दछ भने अर्कोतिर
यसले बाइबलको ऐतिहासिक
सच्चाइलाई प्रमाणित गर्दछ ।