menu bar

Monday, June 20, 2016

जेम्सले जीवनको पानी पिए र तिनी तृप्त भए



तिनको नाउँ हो, क्रेग जेम्स हाजेन तिनी लगनशील विद्यार्थी थिए तिनको भविष्य उज्ज्वल बन्नेथियो भनी हरेकले अपेक्षा गरेको थियो तिनको पारिवारिक जीवन सन्तुष्टप्रद नै थियो तर विश्वासको दृष्टिकोणबाट तिनी अज्ञेयवादी थिए परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी जान्न सकिँदैन भन्ने अवधारणा अङ्गाल्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ येशू ख्रीष्टलाई विश्वास गर्नुपर्छ भन्ने सम्बन्धमा कसैले पनि तिनलाई असल कारणहरू पेस नगरेकाले तिनी ख्रीष्टका अनुयायी बनिसकेका थिएनन् तिनको बुझाइमा तिनलाई परमेश्वरको आवश्यकता थिएन जीवनका ठुलठुला विषयहरूको साँचो ईश्वरशास्त्रसित नभई विज्ञानसित भन्ने तिनको राय रहेको थियो

तर एक साँझको कुरो हो एक जना स्त्रीले जेम्सलाई मण्डलीमा निमन्त्रणा दिइन् त्यहाँ प्रचार गरिएको प्रवचन तिनलाई याद त्यस साँझ वक्ताले यूहन्ना अध्यायबाट प्रचार गरेका थिए जहाँ येशूले सामरी स्त्रीलाई जीवनको पानी पिउन निमन्त्रणा गर्नुहुन्छ त्यस अपरिचित पवित्रस्थानमा बसिरहँदा तिनको समझले त्यस परिवेशलाई आफ्नै तरिकाले विश्लेषण गर्दै थियो वक्ताको निमन्त्रणालाई स्वीकार गरी अगाडि बढ्दा के हुन्थ्यो ? तिनले के गुमाउनेथिए ? तिनले के प्राप्त गर्न सक्थे ? अन्त्यमा तिनी वेदीतर्फ अगाडि बढे त्यही साँझमा नै जेम्सले येशूलाई ग्रहण नगरे तापनि तिनको यात्रा आरम्भ भइसकेको थियो तिनले धेरै महिना लगाएर ख्रीष्टियमतको बारेमा अध्ययन गरे अन्तत: ख्रीष्टियमत साँचो भन्ने निष्कर्षमा विश्वस्त हुन पुगे तिनी तिनले आफ्नो जीवन येशूको चरणमा सुम्पिदिए

तार्ससका शाऊलजस्तो सतावटकर्ता जोन न्युटनजस्तो ईश्वरनिन्दकलाई मात्र परमेश्वरको अनुग्रहको आवश्यकता पर्दैन तर जेम्सजस्ता राम्रा मानिसहरू पनि उही छतमुनि आउनुपर्छ भनी बुझे तिनले

आज जेम्स अन्तर्राष्ट्रिय रूपमा परिचित वक्ता बनेका छन् तिनी अमेरिकाको बायोला विश्वविद्यालयमा ख्रीष्टियान रक्षाशास्त्रसाथै धर्महरूको तुलनात्मक अध्ययनका प्राध्यापक हुन् क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका जेम्सका केही पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्

यसरी, अज्ञेयवादबाट ख्रीष्टको चेला बनेका जेम्स  आज वक्ता, प्राध्यापकसाथै लेखक बनेका छन्        



Leave Your Comments Here.