एक
जना जवान केटोले
बारम्बार यसो भनी
प्रार्थना गर्थे, “हे प्रभु,
म तपाईंको निम्ति
मिसनरी भएर जान
चाहन्छु । सेवाको
निम्ति मलाई ढोका
खोलिदिनुहोस् ।” यो
ख्रीष्टाब्द १९२० को
कुरो हो ।
मिसनरी समितिले मिसनरीहरूको छनौट
गर्दै थियो ।
समितिको सामु ती
जवान मानिस उभिएका
थिए जसको नाउँ
हो, ओसवाल्ड स्मिथ
। तिनको ह्दयमा
एउटा तीव्र इच्छा
थियो: मिसनरी बन्ने
।
जाँच
सकियो । समितिकाअनुसार
स्मिथमा मिसनरी बन्ने योग्यता
पुगेको थिएन ।
परिणाम स्वरूप तिनी मिसनरीको
निम्ति छानिएनन् ।
स्मिथले
दिशा तय गरेका
थिए तर परमेश्वरले
त्यसको निम्ति घुमाउरो बाटो
देखाइदिनुभयो । स्मिथले
आफ्नो भावी सेवा–कार्यको निम्ति प्रार्थना
गर्न थाले ।
परमेश्वरले तिनको ह्दयमा अर्कै
विचार हालिदिनुभयो ।
तिनी आफै मिसनरी
बनेर जान नसके
तापनि तिनले मिसनरीहरूलाई
पठाउन सक्थे ।
तिनले त्यसै गरे
।
स्मिथले
१९२८ मा टोरोन्टोमा
द
पिपुल्स
चर्च
स्थापना गरे जुन
मण्डलीले त्यस बेलाको
कुनै पनि मण्डलीले
भन्दा बेसी मिसनरीहरू
पठायो ।
स्मिथ
क्यानडाका पास्टर, लेखक र
मिसनको पक्षपोषक बने ।
९७ वर्षसम्म बाँचेका
स्मिथले आफ्नो जीवन कालमा
८० ओटा देशमा
१२,००० ओटाभन्दा
बेसी प्रवचन तोडे;
पैँतिस ओटा पुस्तक
लेखे (तिनका पुस्तकहरू
१२८ ओटा भाषामा
अनुवाद गरिएका छन्); १,२०० ओटा
कविता रचे जसमध्ये
१०० ओटामा सङ्गीत
भरिएको छ ।
स्मिथको
मृत्यु हुँदा सुप्रसिद्ध सुसमाचार
प्रचारक बिल्ली ग्राहमले भनेका
थिए, “मैले एक
जना प्रिय मित्र
गुमाएको छु ।
अरू कुनै पनि
मानिसले भन्दा तिनले मेरो
जीवनमा बढी प्रभाव
पारेका छन् ।
तिनी महान् प्रचारक,
महान् भजनलेखक हुन्
जो मुडी र
टोरीको समानतामा पर्छन् ।”