ख्रीष्टाब्द
१,७०० मा
निकोलस जिन्जनडर्फको जन्म युरोपको
एउटा वरिष्ठ परिवारमा
भएको थियो ।
तिनी एउटा यस्तो
वातावरणमा हुर्के जहाँ प्रार्थना गरिन्थ्यो;
बाइबल पढिन्थ्यो र
ख्रीष्टियान भजनहरू गाइन्थे ।
तिनी स्कुलमा उत्कृष्ट
विद्यार्थी थिए ।
लाग्थ्यो, तिनीसित राष्ट्रिय स्तरको
अगुवा हुनको लागि
सबै खुबीहरू थिए
। जर्मनीको विटेनवर्ग
सहरबाट विश्वविद्यालयको अध्ययन पुरा गरी
तिनी युरोप भ्रमणमा
निस्के । तिनले
विभिन्न सङ्ग्रहालय, दरबारसाथै विश्वविद्यालयहरूको
अवलोकन गरे ।
वास्तवमा यो भ्रमण
तिनको जीवनमा एउटा
निर्णायक मोड साबित
हुन पुग्यो ।
भ्रमणको
क्रममा निकोलस जर्मनीको डुसेल्डर्फस्थित
एउटा कला सङ्ग्रहालयमा
पुगे । त्यहाँ
तिनले एउटा यस्तो
दृश्य देखे जसले
तिनको बाँकी जीवनभरि
प्रभाव पार्यो ।
के देखेका थिए
तिनले ? तिनले इटालीका चित्रकार
डोमेनिको फेट्टीद्वारा निर्मित एक्के होमो
नामक एउटा चित्र
देखेका थिए ।
एक्के
होमो ल्याटिन पदावली
हो जसको अर्थ
हुन्छ, “हेर, यो
मानिस !” सन्त यूहन्नाले
लेखेका छन्, “तब काँढाको
मुकुट र बैजनी
रङ्गको वस्त्र पहिरिएका येशू
बाहिर आउनुभयो, र
पितालसले तिनीहरूलाई भने, ‘हेर,
यो मानिस !’” (यूहन्ना
१९:५) ।
एक्के
होमो
प्रभु येशू ख्रीष्टको
चित्र थियो जसमा
उहाँलाई काँढाको मुकुट पहिराइएको
थियो । चित्रको
मुनिपट्टि यी वचनहरू
लेखिएका थिए, “मैले यो
तिम्रो निम्ति गरेँ ।
तिमीले मेरो निम्ति
के गरेका छौ
?” यी वचनहरूले निकोलसको
ह्दयलाई छेडे र
तिनले आफैलाई भने,
“लामो समयदेखि मैले
उहाँलाई प्रेम गर्दै आएको
छु । तर
वास्तवमै मैले उहाँको
निम्ति केही गरेको
छैनँ । अबदेखि
उसो उहाँले मलाई
जे गर्न अगुवाइ
गर्नुहुन्छ म त्यही
गर्नेछु ।”
सङ्ग्रहालयबाट
बाहिरिएपछि निकोलसको जीवन फरक
भयो । तिनले
आफ्नै खर्चमा एउटा
आत्मिक समुदायको स्थापना गरे
जसलाई हर्नहट भनिन्छ
। यो एउटा
यस्तो समुदाय थियो
जसले सयौँ मिसनरीहरूको
उदय गरायो ।
निकोलस आफै पनि
सामाजिक सुधारकसाथै बिशप बने
।